(Wednesday 28th of October 2026)
`

भारतिय प्रहरीले लुकिलुकि भाग्न सिकायो : नेपाली नागरिक

  • दशगजामा १ सय ५८ नेपालीको बिचल्ली
  • सगरमाथा गन्तब्य
  • 13.6K
    SHARES

    नेपालगन्ज १९ चैत्र
    नेपाल भारत सिमानाका नेपालगन्जको जमुनाहा नजिक दशगजामा १ सय ५८ नेपाली अलपत्र अवस्थामा रहेका छन् । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ५८ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्ली अवस्थामा रहेका छन् ।
    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसंग सिमाना जोडिएको नेपाल–भारत सिमाक्षेत्रको दशगजामा उनिहरु अहिले उद्धारको पर्खाइमा छन । अलपत्र अवस्थामा रहेका नेपाली नागरिक भन्छन् राती १२ बजेको समयमा भारतीय प्रहरीले टेक्टरमा ल्याएर दशगजामा छोड्यो, भाग्न सिकायो उनिहरुले भने । ढुकिढुकी भाग्नु भनेर सिकायो हामी सोही अनुसार नेपाल छिरेको उनिहरुले जानकारी गराए । भारतमै सुतिरहेको अवस्थामा व्युझाएर राती नै चोरबाटो ल्याएर दशगजामा छोड्यो । हामीलाई प्रहरीको तालिम दिए झै सुति सुति जान भनेर सिकाउदै छोडेको उनिहरुले बताए ।
    विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर पहिलो बुदामै निर्णय गरेको छ ।


    तर, बाँके प्रशासन भने जिल्लामा छ कि छैन केहि थाहा छैन । यो बिषयमा बाँकेका सिडिओ कुमारबहादुर खड्काले संघिय सरकारको निर्णय नआएसम्म केही गर्न नसकिने जानकारी गराउनुभयो । जे जस्तो अवस्थामा छन त्यही निर टेण्टको व्यवस्था गरि सोही ठाउँमा बसाल्ने र सुरक्षा दिने उहाँले जानकारी गराउनुभयो ।
    बिचल्लीमा परेकाहरुलाई भारतीय प्रहरीले बेग्ला बेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपाल प्रवेश गराएको बताउँछन् उनिहरु । नाका पार गरेर नेपाल प्रवेश गरेका उनिहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानिय, जनप्रतिनिधि तथा प्रहरीले समातेर त्यहाँ पु¥याएका हुन ।
    उनिहरुलाई बिहानको खाजा र खानाको व्यवस्था नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १६ का अध्यक्ष अजय पाठकले गरेका थिए । आफुले उनिहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताउछिन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर । उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसङ्ग अधिकार नभएको बताईन ।
    उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँके, बर्दिया, दाङका, सल्यान, जुम्ला, सुर्खेत, डोल्पा, अछाम, प्युठान, रोल्पा, रुकुम, सप्तरी, उदयपुर, स्याङ्जा, दैलेख, झापा, रुपन्देही, नवलपरासी, मुगु र अर्घाखाँची गरि १ सय ५८ जना नेपाली नागरिकलाई भारतिय प्रहरीले रातीको समय तालिम दिएर भाग्न सिकाएको उनिहरु बताउछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology