बर्दिया १८ चैत्र
मंगलवारदेखि बर्दिया जिल्लाभरी निशेधाज्ञा लागु गरिएको छ । कोरोना भाईरस कोभिड–१९ को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार बिहानदेखि लागू हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न र सम्भावित संक्रमण फैलिन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बर्दियालेले जनाएको छ ।
जिल्ला प्रसासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत बालकृष्ण अधिकारिले अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको बताउनु भयो । निषेधाज्ञा अवधिभर आपातकालीन वा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, नचलाउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ ।
निषेधाज्ञाको उल्लंघन गरिए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन अनुसार कारबाही चलाउने भनिएको छ । लकडाउनको उल्लंघनको क्रियाकलाप बढेपछि यसलाई नियन्त्रणमा ल्याउन गृह प्रशासनको निर्देशन अनुसार निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैबिच जिल्ला प्रशासन कार्यालय बर्दियाले १८ गते देखि लागू हुने गरि यस अघि जारि गरिएका सम्पुर्ण पासहरू समेत खारेज गरेको छ । पछिल्लो समय बर्दियामा कालोबजारी बढेका कारण बर्दिया प्रहरीले समेत निगरानी बढाएको र बर्दिया प्रहरीले बर्दिया जिल्लाको सितलाबजारबाट दामोदर किराना पसलका कुशल शर्मालाई पक्राउ गरेको छ । उनले पसलमा बढि मूल्य राखेर सामान बिक्रि गरेका कारण पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश बस्तोलले जानकारी दिनुभयो ।
