(Wednesday 28th of October 2026)
`

१८ औं दिनसम्म आन्दोलन गर्दा पनि सुनवाई भएन, केही दिनको लागि आन्दोलन स्थगित

  • अब आन्दोलनको स्वरुप फेर्छौ : आन्दोलनकारी
  • सगरमाथा गन्तब्य
  • 21.9K
    SHARES

    नेपालगन्ज २६ फागुन – लामो समय आन्दोलनरत सुकुम्बासीहरुको माग पुरा नहुँदै आन्दोलन केही दिनको लागि स्थगित गरिएको छ ।
    कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगायतका मौलिक हक कार्यान्वयनका लागि १८ औं दिनसम्म लामो आन्दोलन गर्दा पनि सुनवाई नहुदा आन्दोलन स्थगित गरेका छन् । स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि आन्दोलनका स्वरुप परिवर्तन गरि आन्दोलनमा जाने उनिहरुले बताएका छन् ।
    शान्तिपूर्ण ढंगले नारा जुलुस, ¥याली, चक्काजाम र धर्ना समेतका कार्यक्रम गरेका उनिहरुका पक्षमा स्थानीय तह कोहलपुर नगरपालिकाले माग सम्वोधन नगरी स्थानीय प्रहरी प्रशासनको सहयोगमा बल प्रयोग गर्ने र हस्तक्षेप गर्ने रणनिती लिए पछि आन्दोलनमा उत्रिएका स्थानियहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन ।


    शान्तिनगरवासीको मागमा कोहलपुर नगरपालिका र नगर प्रमुख लूट बहादुर रावतले जनताको आधारभुत जनजीविका र संविधानले ग्यारेन्टि गरेका मौलिक हकका बिरुद्ध लागेकाले पटक पटकको वार्ता समेत असफल भएको सुकुम्वासी नेता जिवन थापा मगरले बताउनुभयो ।
    सर्वाेच्च अदालतको आदेशको समेत कार्यान्वयनमा कोहलपुर नगरपालिका वडा नं. ११ र नगर प्रमुख रावतले वास्ता नगरी लामो समय देखि शान्ति नगर टोलमा बसेका अव्यवस्थित भुमिहिन तथा सुकुम्वासीले उठाएको मागमा सम्वेदनशिल नबनेकाले अहिलेकोे समस्या उत्पन्न भएको मगरले बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । केही दिनका लागि आन्दोलनको स्वरुप फेरी सडकमा आउने उहाँले बताउनुभयो ।


    लामो समयसम्म आन्दोलनमा उत्रिदा नगरपालिकाको दैनिक प्रशासनिक काम कारवाही अबरुद्ध हुनुकासाथै सेवाग्राहीले पाउने सेवाबाट बञ्चित भएकाले १० दिनको अल्टिमेटम सहित आन्दोलनको स्वरुप परिवर्तन गरिएको उहाँले बताउनुभयो ।
    कोहलपुर नगरपालिकाको मुख्य गेटमा ८ दिन देखि २४ सै घण्टा धर्नामा बसेका उनिहरुले दश दिन भित्र माग पुरा गर्न र माग पुरा नभए आन्दोलनबाट उत्पन्न घटनाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने भन्दै कडा आन्दोलनको चेतावनी समेत दिएका छन् । स्थानिय सरकारसंग ७ पटक बार्ता बस्दा पनि माग सुनवाई नभएको उनिहरुको गुनासो छ ।
    कोहलपुर नगरपालिका–११ शान्तिनगर निवासी पुष्पा चौधरीले नगरविकासको जग्गा भन्दै उठाउन खोजिएको भन्दै १८ दिनदेखि आन्दोलनमा सहभागि भएको जानकारी गराउनुभयो । भोक प्यास नमानी हामीहरुको बसोबासको बन्दोबस्त गर्न उहाँले रातदिन नमानी आन्दोलनमा उत्रिएको उहाँले जानकारी गराउनुभयो । जतिसुकै शान्तिपुर्ण आन्दोलन गर्दा पनि राज्यले केही सुनवाई नगरेको उहाँले गुनासो गर्नुभयो । यदि सरकारले नेपाली नागरिकको हकअधिकारका निम्ती केही सुनवाई गर्दैन भने हामीलाई नेपालको सिमा कटाई दिन समेत उहाँले आग्रह गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology