(Wednesday 28th of October 2026)
`

खजुरामा मेयर कप रनिङशिल्डमा खेलाडिलाई ५ लाखको विमा

  • सगरमाथा गन्तब्य
  • 11.5K
    SHARES

    खजुरा – बाँकेको खजुरा गाउँपालिकाशिक्षाशाखाले आयोजना गर्ने तेस्रो मेयर रनिङशिल्डप्रतियोगितामा सहभागिजनाउने ५० जनाखेलाडीहरुलाई प्रतियोगिताअवधिभर तिनदिन सम्मका लागी ५ लाखको विमा गाउँपालिकाले गरिदिने भएको छ । खेलाडीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले विमा गरिदिनलागेको गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । २८ गते देखि चैत्र १ गते सम्म खजुरा गाउँपालिका वडा नम्बर चारमा रहेको  श्रीजनकल्याणमाध्यमिकविद्यालय, बद्रिपुरमा संचालन गर्ने गरि तयारी तिव्र पारेको खजुराले संचालन३०१ सदस्यीय मुलसमिति निमार्ण गरि विभिन्न १५ वटा उप समितिहरु समेत बनाएर आफ्नो कामलाई अघिबढाइसकेको छ । खजुरागाउँपालिकाका प्रमुखकक्षपतिले प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने बताउनुभएको छ । प्रमुखकक्षपतिले खजुरा खेलकुदको उर्वर भुमिभएकाले पनि यस किसिमको प्रतियोगितालाई महत्वका साथ हेरिएको उल्लेख गर्नुभयो । खेलकुदका क्षेत्रबाट पनि खजुरालाई विकास गर्न खोजिएको भन्दै प्रमुखकक्षपतिले प्रतियोगिता माखजुराकाकुनैपनिविद्यालयलाई नछुटाइने उल्लेख गर्नुभयो । उहाँले खजुरा गाउँपालिकाको अन्यगतिविधिहरु मध्य खेलकुद पनि एक महत्वपुर्ण रहेको बताउदै गतवर्ष भन्दापनिअहिलेको प्रतियोगितालाई परिष्कृत गर्दै लगिएको जानकारी दिनुभएको छ । तेस्रो अन्तर विद्यालयमेयर रनिङशिल्ड खेलकुदप्रतियोगितामामाध्यमिकतहकक्षा ९ देखि १२ प्रतियोगिताअन्तर्गत १६ वटा खेलहरु संचालनहुने सचिवालय संयोजकयमनारायणमहत्तोले जानकारी दिनुभयो । त्यस्तै आधारभुततह कक्षा ६ देखि ८ सम्म प्रतियोगिता अन्तर्गतका खेलहरु १० वटा हुने, आधारभुत तह १ देखि ५ सम्मको प्रतियोगिताअन्तर्गत जम्मा ५ खेल हुने निर्णय भैसकेको सचिवालय संयोजक महत्तोले जानकारी दिनुभयो । प्रतियोगितालाई सफलबनाउन हरेक उप समितिहरुले आफ्नो जिम्मेवारीमा आएको कामहरु सम्पन्न गर्न थालनी गरिसक्नुभएको प्रचार प्रसार उप समितिका संयोजकतिर्थ बहादुर शाहिले बताउनुभयो । यस वर्ष खजुरा गाउँपालिकाले “कोभिडविरुद्धको लडाईमा गुणस्तरिय शिक्षा र स्तरिय खेलकुदआजको आवश्यकता”भनेर प्रतियोगिताको नारा तय गरेको प्रचार प्रसार उप समितिका संयोजकशाहिलेजानकारी दिनुभयो । प्रतियोगिता संचालनको तयारी सुरु भएसगै विद्यालय परिसर सरसफाई गर्ने, ठाँउ ठाउँमा स्वागत गेट बनाउने लगाएतकाकामहरुपनि सुरु भैसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology