(Wednesday 28th of October 2026)
`

मिस नेपालगन्ज २०१५ का थापाले गरे मेकअप स्टुडियाेकाे उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 11.4K
    SHARES

    नेपालगन्ज २४ फागुन-नेपालगन्जमा आजदेखि आशु मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ । उक्त स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको मिस नेपालगन्ज २०१५ का सुमन थापाले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । मेकअपका सम्पूर्ण सामानसहित तालिम समेत दिइने स्टुडियो एण्ड ट्रेनिङ सेन्टर राधिका ढुंगानाले सन्चालनमा ल्याउनुभएको हो । सौन्दर्य पारखीहरुलाई लक्षित गरी ल्याइएको स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले सस्तो तथा सुलभ सेवा प्रवाह गर्ने संचालक ढुंगानाले बताउनुभयो । न्युरोड नेपालगन्जको पुर्बी रोड सुपरभिजन केबल बिल्डिङ्ग मुनिको सटरमा संचालनमा ल्याइएको उक्त स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले गुणस्तरीय सेवा प्रवाह गर्ने उहाँको भनाइ छ ।

    उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै मिस नेपालगन्ज २०१५ का थापाले सौन्दर्यप्रतिको बुझाइ सकारात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारको वातावरण सिर्जना गर्ने धारणा समेत राख्नुभयो । उद्घाटनलाई लक्षित गरेर स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले आफ्नो सेवा प्रवाहमा अफरको घोषणा गरेको छ । यो हप्ताभरी मेकअपमा ३० प्रतिशत छुट दिइएको संचालक ढुंगानाले बताउनुभयो । राजधानीमा दक्ष अनुभव तालिम प्राप्त गरि ८ बर्ष सम्मको अफ्नो अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्न पाउँदा खुशी महशुस गरेको ढुंगानाको भनाइ छ । नेपालगन्जमा रहि मेकअप सम्बन्धि तालीम लिन चाहानेले सम्पर्क गर्न र भने जस्तो तालिम पदान गरिने उहाँको दावी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology