नेपालगन्ज १७ चैत्र
कोहलपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष माधव रिजालले वडावासीको लागि सामाजिक कार्यमा अग्रसरता देखाउनुभएको छ । राज्यले लागु गरेको लकडाउनको समयमा वडाबासीलाई समस्या परे हरसम्भव तयार रहेको वडा अध्यक्ष रिजालले बताउनुभएको छ ।
वडावासीलाई समस्या पर्न दिन्न कुनै पनि समस्या परे मलाई सम्झे पुग्छ वडा अध्यक्ष रिजालले भन्नुभयो । वडाले चुनेको जनप्रतिनिधि भएको हुनाले वडावासीको सेवाको लागि हरदम तत्पर रहने उहाँले जानकारी गराउनुभयो । वडाबासीलाई लकडाउनका कारणले कुनैपनि समस्या परेमा आफुलाई ९८५८०३९७६० नं. मा फोन गर्न उहाँले अनुरोध गर्नुभयो । अहिलेसम्म कसैलाई अप्ठ्यारो प¥यो भन्ने सुन्नमा आएको छैन तै पनि हामीले टोलटोलमा पुगेर बुझिरहेका छौ वडा अध्यक्ष रिजालले भन्नुभयो । वडाबासीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गरि खाद्यान्न लगायतका खाद्यबस्तुहरु तयारी अवस्थामा राखिएको अध्यक्ष रिजालले जानकारी गराउनुभयो । कुनैपनि वडाबासी भोकै मर्न नपर्ने भन्दै दुख सुखमा आफुले साथ दिने बताउनुभयो । कोरोना वडामा भित्रिन नदिन वडावासीलाई घरमै बस्न अनुरोध गर्नुभयो ।

वडा स्तरमै ६ बेडको क्वारेन्टाइन बनाउन लागेको समेत उहाँले जानकारी दिनुभयो । न्यु बागेश्वरी स्कुलमा ६ बेडको क्वारेन्टाइन वनाउदै छौ, भोलीसम्म सकिन्छ । वडाबासीलाई कुनै लक्षण देखिएमा वडाकै क्वारेन्टाइनमा राखिने उहाँको भनाई छ । वडामा कोरोनाबाट बचाउन भारत लगायत तेश्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाईनमै राखिने उहाँले जानकारी गराउदै भन्नुभयो जसको लागि लिष्ट बनाइरहेको र उनिहरुका परिवारलाई घरवाट बाहिर निस्कन नदिएको धारणा राख्नुभयो ।
वडाबासीलाई सुरक्षित गराउन वडामा मास्क बितरण गरिनुका साथै कोरोनाबाट बच्ने उपायहरुका बारेमा माइकिङ्ग गरीरहेको उहाँले बताउनुभयो । वडावासीको सहजताका लागि स्वयमसेवक टोली वनाएको र उक्त टोलीपनि घरघरमा पुगी जनतालाई सचेतना गराई रहेको उहाँले जानकारी गराउनुभयो ।
