(Saturday 25th of July 2026)
`

जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    १९ फागुन, काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए । अयोध्या उडानमा उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास कम्पनीको छ ।अयोध्यामा भारतले राम मन्दिर बनिरहेको छ, जनकपुर सीताको माइती शहर हो । कम्पनीले यसअघि काठमाडौंबाट वनारासका लागि सिधा उडान गरिरहेको थियो । यो रुटको उडान लकडाउन र प्रतिवन्धपछि झिकिएको थियो । त्यसअघि बुद्धले कलकत्ता उडानमा समेत हात हालेको थियो । यो रुटमा अपेक्षित सफलता प्राप्त भएन । तर, जनकपुर(अयोध्या उडानमा भने पर्याप्त यात्रु पाउने अपेक्षा कम्पनीको छ । बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ । भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर पनि हो । यसले समेत भारतयि र नेपाली पर्यटकलाई सेवा दिन सहज हुने कम्पनीको भनाइ छ । अनलाइन खबर बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology