(Wednesday 28th of October 2026)
`

कोरोना कहरले ठप्प पारेको खेलकुद संचालनमा, खेलप्रेमीमा उत्साह

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    नेपालगन्ज, १९ फागुन – कोरोना कहरले ठप्प रहेको खेलकुद गतिविधि गाउँगाउँमा पुनः संचालन हुन थालेपछि खेलप्रमीमा उत्साह थपीएको छ । स्थानीयतहले पनि खेल मैदान निर्माण गर्न बजेट खर्च गरेका छन् ।
    लामो समयपछि खेलकुद प्रतियोगिता सुरु भएपछि खेलाडी उत्साही छन् । गाउँगाउँमा फुटबल, भलिबल देखि किक्रेटका लागि कोर्ट बनाएको छ ।.मैदान तयार गरीएको छ ।
    बाँकेको खजुरा गाउँपालीकामा न्यु डाँफे स्पोर्ट क्लबको आयोजनामा सातौ डाँफे कप फुटबल प्रतियोगिता संचालन गर्यौ । खजुरा गाउँपालिका ४ डि गाउँको मिनि रंगशालामा भएको प्रतियोगितामा घरेलु खेलाडिले सहभागिता जनाए । फुटबलका स्थानीय खेलाडि बिकास गुरुङ कोरोना पछि घरेलु मैदानमा फुटबल खेल्न पाउँदा खुशि देखिए । कोरोना पछि पहिलोपटक मैदानमा प्रतियोगिता खेल्न पाउँदा निकै रमाइलो अनुभुति भएको उहाँले बताउनुभयो । ‘कोरोनामा बल छुन पनि पाइएन’ उहाँले भन्नुभयो हारजित जे भएपनि प्रतियोगीतामा भिड्न पाउँदा आनन्द लाग्यौ’ । घरेलु मैदानमा बाँकेकै घरेलु टिम बिच प्रतिस्पर्धा हुँदा स्थानीय दर्शक समेत खुशि भएको न्यु डाँफे स्पोर्ट क्लबका अध्यक्ष तिलकविर सुनारले बताउनुभयो । ‘यसपालि खजुरामा खेल हेर्न आउने दर्शकले प्याराफिटमा बसेर खेलको मज्जा लिनु भयो क्लबका अध्यक्ष सुनारले भन्नुभयो ,‘दर्शकको उत्साहले खेलाडिलाई हौसला मिल्यौ’ आयोजक सहित १५ वटा टिमले प्रतियोगितामा भाग लिएको फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो हुनेले नगद ४० हजार मेडल र प्रमाणपत्र पाएको क्लबका अध्यक्ष तिलकविर सुनारले बताउनुभयो । प्रतियोगिता संचालनका लागि खजुरा गाउपालिकाको कार्यालय एवं वडा नम्बर ४ आर्थिक सहयोग गरेको थियो । बाँकेको कोहलपुर नगरपालीकामा शारदा एजुकेशन पार्कको आयोजनामा ओपन क्रिकेट प्रतियोगिता गरीयो । जसको उपाधि बिबी वारियर्स नेपालगन्जले जित्यौ ।
    बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फयुजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो । प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए जसले १० हजार रुपैया पाए । यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए जसले जनही ५ हजार रुपैयाँ चुनिए । पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागी रहेका थिए । यसै क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी श्याम थापाको स्मृतिमा उक्त प्रतियोगिता संचालन भयो । फुटबलको माध्यमबाट यस क्षेत्रका गाउँ, जिल्ला, क्षेत्र र देशलाई चिनाउने काम गरेका थापा बाकेको फुटबल क्षेत्रका हस्तीका रुपमा गनिने खेलाडी हुन् ।
    थापाको सम्मानलाई थप गर्विलो बनाउने उद्देशयले उक्त प्रतियोगिताको संचालन गर्न गरीएको थियो । ।अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार राशी पाए । त्यसैगरी उपविजेताले ५५ हजार प्राप्त गरे ।
    बाँकेको गौघाटमा माघको पहिलो साता देखि योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता भयो । योगिनी युवा क्लब र रंगशाला नेपाल मिडिया प्रालिले माघिको अवसरमा भलिबल प्रतियोगिता गरीयो । योगिनी क्लबका अध्यक्ष तरिन्द्र थापाका अनुसार प्रथम हुनेले २० हजार मेडल ट्रफी प्रमाणपत्र पाउने छन । दोस्रो हुनेले दश हजार प्राप्त गरे ।
    ‘चैतदेखि बल छुन पाइएको थिएन,’ भलिबलका राष्ट्रिय खेलाडी मनिराम चौधरीले भन्नुभयो, ‘महिनापछि प्रतियोगितामा भाग लिन पाउँदा पनि खुशी लागेको छ । ’


    कोरोनाकालमा हुन नसकेका प्रतियोगिताहरु धमाधम अहिले स्थानीय स्तरका टोल क्लब र समुहले आयोजना गरीरहेका छन् । प्रतियोगिता सञ्चालन गरेपछि खेलाडीमा उत्साह र गाउँलेलाई मनोरञ्जन भएको स्थानीय युवा दिलीप महताराले बताउनुभयो । कोभिड–१९ को महामारीबाट हरेक क्षेत्र उम्कन सकेको थिएन, तर ठप्प रहेको घरेलु खेलकुद गतिविधिलाई ‘छैटौं नेपालगन्ज म्याराथन’ ले चिरेको थियो ।
    खेलप्रेमि तथा खेल पत्रकार टिएस ठकुरीले कोरोना कालमा नजरबन्दमा रहेको खेलकुद ब्युतिएको अनुभुती बताउनुभयो । खेलाडिमा मात्र होइन खेलकर्मीमै उत्साह थपिएको छ ,फीटनेस गुमाएका खेलाडीहरुमा नयाँ आशा थपेको छ ’ठकुरीले भन्नुभयो ,‘स्थानीय स्तरमा भएका घरेलु प्रतियोगिताले आगामि दिनमा राम्रा खेलाडि उत्पादन गर्ने छ’ । प्रतियोगितामा सोचेजति स्वास्थ्य मापदण्ड पालना भने भएको देखिदैन । आयोजकले भने स्वास्थ्य मापदण्ड पालना गरेरै खेल संचालन भइरहेको दाबि गरेका छन ।
    ‘आफै सचेत भएर आयोजकले प्रतियोगिता संचालन गरीरहेकै छन’ । ठकुरीले भन्नुभयो,‘ रंगशाला ,कर्भडहलमा जस्तो गरी स्वास्थ्य मापदण्ड गाउघरको खेल मैदानमा सम्भवनै हुदैन्’ । यही फागुन २१ गतेदेखि २५ गतेसम्म प्रधानमन्त्री अन्तर महिला भलिबल प्रतियोगिता नेपालगन्जमा संचालन हुदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology