(Wednesday 28th of October 2026)
`

युवाहरुले गरे अति विपन्न परिवारलाई राहत प्रदान

  • सगरमाथा गन्तब्य
  • 22.2K
    SHARES

    नेपालगन्ज – कपिलवस्तु सिवराज नगरपालिकाका युवाहरुले राहत वितरण गरेका छन् । सन्नी चौधरीको बार्षिक पुण्यतिथि र लकडाउनको अवसर पारेर अति गरिवी, दैनिकी मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई कपिलवस्तु सिवराज नगरपालिकाका युवाहरुले व्यक्तिगत आर्थिक संकलन गरि राहत वितरण गरेका हुन् । कपिलवस्तु सिवराज नगरपालिका वडा नं. ३ मा पर्ने भितरिया गाउँको मन्दिर लगायत वडा नं. ५ दक्षिण राजकोलका ८ जना विपन्न परिवार, वडा नं. १ को भलुही गाउँका २ घरपरिवार गरि १० घरपरिवारलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ वटा सावुन र ५ किलो पिठो वितरण गरेको स्थानिय युवा उत्तम चौधरीले जानकारी गराउनुभयो ।


    लकडाउनको समयमा काम गर्न जान नपाउने र घरमा खाना लाउन समस्या भएका अति विपन्न परिवारलाई स्थानिय युवाहरुले मिलेर उठाएको राहत वितरण गरेको चौधरीले जानकारी गराउनुभयो । राहत जुटाउन सहयोगी युवाहरु उत्तम चौधरी, प्रकाश चौधरी, सागर चौधरी, विष्णु चौधरीको आर्थिक सहयोगमा विशेष भुमिका रहेको उत्तमले जानकारी गराउनुभयो यस्तै आर्थिक सहयोगका लागि थप सहयोगीका रुपमा प्रदिप चौधरी, विष्ण खड्का र विजयको भुमिका रहेको थियो । स्थानिय युवाको सक्रियतामा करिव २५ हजार बराबरको राहत वितरण गरेको उत्तमले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology