(Wednesday 28th of October 2026)
`

शिक्षकहरुलाई बृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिम

  • सगरमाथा गन्तब्य
  • 14.5K
    SHARES

    बर्दिया, ७ फागुन – प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँकेको साझेदारीमा सञ्चािलत बालविवाह रोकथाम (नोराड) परियोजना अन्तर्गत बृहत्तर यौनीकता शिक्षा सम्बन्धि ३ दिने तालिम बढैयातालको मैनापोखरमा सुरु भएको छ ।
    बाँसगढी र बढैयाताल का बिद्यालयका सामिजिक बिषयमा अध्यापन गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई बृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिम प्रदान गरी उनीहरुले अध्यापन गर्ने बिद्यालयमा कक्षा ८ देखी १० कक्षा मा अध्ययनरत छात्रा छात्रहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान बढाई बालविवाह अन्त्य गर्ने परियोजनाको उद्देश्य रहेको प्लान ईन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतका नेतृत्व र निर्णय कार्यक्रम बिशेषज्ञ बिनय ज्ञवालीले बताउनुभयो ।
    आईतबार सम्महुने बृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिममा बाँसगढी नगरपालीका अन्तर्गत माध्यामिक तहका ६ जना बढैयाताल गाउँपालीका अन्तर्गत माध्यामिक तहका ६ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको छ ।
    तालीम पछि शिक्षकहरु आ–आफ्नो बिद्यालयमा हप्ताको १ दिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कक्षाहरु सञ्चालन गर्ने योजना रहेको कार्यक्रम संयोजक दिनेश चौधरीले बताउनुभयो । तालिमको सहजीकरण सलिन कोईरालाले गर्नुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology