(Wednesday 28th of October 2026)
`

लियो क्लब नेपालगन्ज बजारको आयोजनामा सरसफाई

  • सगरमाथा गन्तब्य
  • 20.4K
    SHARES

    नेपालगन्ज ०४ फागुन-नेपालगन्ज–१३ स्थित सरस्वती मन्दिर परिसरको सरसफाई गरिएको छ । लियो क्लब नेपालगन्ज बजारको आयोजनामा मंगलबार मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको हो । लियोले हरेक बर्ष सरस्वती पुजाको दिन सरसफाई गर्दै आएको लियो क्लब नेपालगंजका शिव कुमारले जानकारी दिनुभयो । सरस्वती मन्दिरमा श्रीपञ्चमीका दिन पुजा गर्न हरेक बर्ष भक्तजनहरुको भीड हुने गर्दछ ।

    भीडभाडबाट भएको फोहरलाई ब्यवस्थित गर्न लियोले हरेक बर्ष सरसफाईको आयोजना गर्दै आएको छ । सरसफाइ कार्यक्रममा खजुरा गाउपालिका स्थित ड्रम डान्स स्टुडियोको सहकार्य रहेको थियो । कार्यक्रममा राम कुमार, लियो क्लब नेपालगंज बजार कि प्रथम उपाध्यक्ष बिमला श्रेष्ठ र लियो क्लब नेपालगन्ज बजार क्लब एडभाइजर लाइन्स ३२५ बि टु नेपालका जोन चेयरपर्सन सरवर प्रसाईंको उपस्थिति रहेको थियो । सरसफाइ गर्दा लगाउने सम्पुर्ण स्वास्थ्य सामाग्री योशोदा फार्मेसी नेपालगंजका प्रबन्धक स्वास्थकर्मी रोसन केसीले उपलब्ध गराउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology