नेपालगन्ज १७ माघ – करिव १ बर्षदेखि सम्पर्क विहिन रहेका बालकलाई बाँकेका बालअधिकारकर्मीद्धय मो. सल्मान सल्मानी र ऋतिक शाहीले उद्दार गर्न सफल भएका छन् । सानै उमेरमा आफ्नै गाउँका काका पर्नेले भारतको रामपुरको एक घरमा कामदारको रुपमा काम लगाएका थिए । एक महिना काम गरेपछि रोल्पाका सुनिल स्मृति गाउँपालिका ५ का १५ बर्षिय श्याम बिक काम गर्ने घरबाट भागे । भारतको ठाउँमा भौतारिएका विक प्रहरीको सम्पर्कमा पुगे । विक भारतको युपी शाहजहाँपुरको राजकिय बालगृहमा एक बर्ष बसे आफन्त पत्ता नलागेसम्म बालगृहमै बसे । केही समयपछि राजकिय बालगृहका कर्मचारी विनोद कुमार बाल्मीकीले नेपालका बालअधिकारकर्मी मो. सल्मान सल्मानीलाई ह्वाटसवमा सम्पर्क गरि फोटो र ठेगाना पठाउनुभयो । फोटो र ठेगाना पाएपछि सल्मानीले बालक उद्दारका लागि थप प्रक्रिया थाल्न सुरु गर्नुभयो । करिव १ महिना लामो प्रयास पछि सल्मानी र शाहीले बालकलाई उद्दार गर्न सफल भए ।
फोटो पठाएको आधारमा बालकलाई उद्दार गर्न सफल भयो बालअधिकारकर्मी सल्मानीले भन्नुभयो । बालकको फोटो पाएपछि सिविन नेपालका कर्मचारी रजनी राजबंशीद्धारा उहाँको ठेगाना पत्ता लगायो र बालकको उद्दार गर्न सहज वातावरण फोन सम्पर्कमै गरेको उहाँले बताउनुभयो । रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ का १५ बर्षिय श्याम बिकको बुवा गन्ज बहादुर विकलाई शनिवार हस्तान्त्रण गर्न सफल भएको बताउनुभयो ।

बालअधिकारकर्मी मो. सल्मान सल्मानी र बालअधिकारकर्मी ऋतिक शाहीको सम्मन्वयले गर्दा भारतमा रहेका बालकको उद्दार गर्न सफल भएको अर्का बालअधिकारकर्मी देवा बहादुर क्षेत्रीले बताउनुभयो ।
बालकको खोजतलास तथा कागजी प्रक्रिया पुरा गर्न एक महिना लाग्यो बालअधिकारकर्मी सल्मानीले जानकारी गराउनुभयो । बालअधिकारकर्मीद्धय सल्मानी र शाहीले भारतमै पुगी बालक विकलाई नेपालसम्म ल्याउन सफल भएको र बालकका बुवा गन्ज बहादुर विकलाई हस्तान्त्रण गरिसकेको जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको सम्मन्वय तथा माइती नेपालको आर्थिक सहयोग ती बालकलाई उद्दार गर्न सहज भएको बालअधिकारकर्मी शाहीले बताउनुभयो । भारतका उत्तरप्रदेश जिल्ला शाहजहाँपुरका बालकल्याण समितिका अध्यक्ष मुकेश कुमार सिंह परिहार सहितको टिम र राजकिय बालगृह टिमले नेपालका बालअधिकारकर्मीद्धय सल्मानी र शाहीलाई उद्दार गर्न सहयोग गरेका थिए ।
