(Wednesday 28th of October 2026)
`

दक्षिण बखारीमा कलाकारहरुको बेजोड प्रस्तुती

  • सगरमाथा गन्तब्य
  • 25.8K
    SHARES

    नेपालगन्ज ०५ माघ  – बढैयाताल गाउँपालिका ४ दक्षिण बखारीमा माघ मिलन तथा क्लब घोषणा कार्यक्रम भव्यका साथ सम्पन्न गरिएको छ । थारु समुदायको महानपर्व माघीको पावन अवसरमा स्थानिय श्री बढैयाताल युवा क्लवको आयोजनामा माघ मिलन तथा क्लब घोषणा कार्यक्रम गरिएको हो । कार्यक्रममा चर्चित कोरियोग्राफर तथा मोडल विवश जिएच, चर्चित मोडेल झरना चौधरी, चर्चित गायक खेम भौगरिया, श्रीदेबी थारु, शिशिर धम्लहवा, सन्जिता चौधरी लगायतका कलाकारले प्रस्तुती प्रस्तुत गरेका थिए ।


    थारु समुदायको बहुल्यता रहेको दक्षिण बखारीमा चर्चित मोडल विवश र झरनाको प्रस्तुतीले दर्शक एकदम खुसी भएका थिए । थारु मिक्सिङ गित गरेर देखाएको नृत्यले माहोल नै तातेको थियो । एकपछि अर्को गर्दै उनिहरु मन लागेन बिन तोहार बोलको गितमा समेत दमदार प्रस्तुती देखाएका थिए । यस्तै चर्चित गायक खेम भौगरियाले लेहगावाली गोरी भनेपछि झनै माहोल तातेको थियो । माहोललाई आयोजक टिमलाई सम्हाल्न समेत गाह्रो भएको थियो गायक भौगरियाको प्रस्तुतीले । थारु नेपाली चर्चित चर्चित गित गायक भौगरियाले प्रस्तुत गरेका थिए । भौगरियाले गाएको गितबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।


    यस्तै चर्चित गायीका श्रीदेबीले चवन्नी मुस्कि मारके लगायत आधा दर्जन गित प्रस्तुत गरेका थिए । उहाँले गाएको गितमा स्थानिय तथा राष्ट्रिय कलाकारहरु झुमि झुमी नाचेका थिए । यस्तै मोडल सन्जिताको प्रस्तुतीले झनै दर्शक भरपुर मनोरञ्जन लिएका थिए ।
    सन्जिताको प्रस्तुतीले दर्शक वाहवाही समेत गरेका थिए । माघ मिलन कार्यक्रम तथा क्लव घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कबिराम थारु, बढैयाताल गाउँपालिका प्रमुख लाल बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारु, पत्रकार एकराज चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष भगतराम थारु, कलाकार शिशिर धम्मलहवा पत्रकार जागेश्वर सिंङ थारु लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बढैयाताल युबा क्लबका अध्यक्ष शम्भु प्रसाद थारुले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology