(Wednesday 28th of October 2026)
`

पत्रकारलाई लकडाउनमा समाचार संकलनका लागि अनिवार्य पास

  • सगरमाथा गन्तब्य
  • 12.9K
    SHARES

    नेपालगन्ज १६ चैत्र
    बाँकेका पत्रकारहरुलाई अनिवार्य लकडाउन प्रेस पास वितरण गरिने भएको छ ।
    कोरोना भाईरसको आतंकका बिच समाचार संकलनमा खटिने पत्रकारहरुलाई पास उपलब्ध गराईने भएको हो । आईतबार नेपालगन्जमा बसेको सुरक्षा समितिको बैठकले पास दिएर मात्र पत्रकारहरुलाई फिल्ड रिपोटिङग गर्न पाउने भनेपछि पत्रकार महासंघ बाँके शाखाले यस्तो निर्णय गरेको हो । महासंघेले टिभीको हकमा २ जना, दर्ता भएको अनलाईन र एफएम रेडियोको हकमा १÷१ जनालाई पास दिने बताएको छ ।
    महासंघले आईतबार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित संचारगृह तथा पत्रकारलाई पासकोलागी पत्रकार महासंघमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै पत्रकार आचारसंहिता अनुसार समाचार संकलन तथा प्रकाशन गर्न समेत महासंघले आग्रह गरेको छ । महासंघले राज्यले तय गरेको नितिलाई अक्षरस पालना गदै सुरक्षित तवरले समाचार संकलन गर्न समेत सबै पत्रकारलाई अपिल गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology