(Wednesday 28th of October 2026)
`

दाङ र कोहलपुर विजयी

  • सगरमाथा गन्तब्य
  • 13.6K
    SHARES

    नेपालगन्ज, २८ पुस – खजुरामा संचालित स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो दिन एसएसएफए दाङ र रेसुंगा साहारा कोलपुरले आफ्नो विजयी यात्रा सुरु गरेका छन् । प्रतियोगितामा दाङले डिएफए सुर्खेतलाई हराएको हो भने दोस्रो खेलमा कोहलपुरले न्यू डाँफे खजुरालाई पराजित गरेको हो ।
    खजुरा गाउँपालिका–१, सैनिकमा संचालन भएको प्रतियोगिताको पहिलो खेलमा दाङ र सुर्खेतले कुनै गोल गर्न नसकेपछि खेल टाइबेगटमा संचालन गरिएको थियो । जसमा दाङले सुर्खेतलाई ६–५ गोल अन्तरले हरायो ।
    खेलभर दबदबा रहेको सुर्खेतले टाइबेगटमा हार्न पुगेको हो ।
    दाङका तर्फबाट लोकनाथ मगर, किरण योगी, हसेबहादुर ओली, निसान बलान, हरिब मगर र सुरज डांगीले गोल गरेका थिए । सुर्खेत तर्फबाट अजय शाही, बिक्रम ओली, रोशन थापा, सुजन गुरुङ, अनिष गौतमले गोल गरे ।
    त्यसैगरी दोस्रो खेलमा रेसुंगा साहारा कोहलपुरले न्यू डाँफे खजुरालाई १–० गोल अन्तरले हरायो । प्रतिस्प्रात्मक खेल रहेको दुवै टिमले धेरै बललाई गालमा परिणत गर्न सकेनन् ।


    खेलमा कोहलपुरका ७ नम्बर खेलाडी फोफोनाले गरेको गोल नै अन्तिम निर्णय भयो । फोफोनाले ६७ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।
    बुधबार हुने प्रतियोगिततको पहिलो खेलमा धम्बोझी क्लब र जय किसान ‘बी’ बिच प्रतिस्प्रधा हुनेछ भने दोस्रो खेलमा साहारा एकेडेमी, लखनउ र युथ क्लब कोलपुरबीच प्रतिस्प्रधा हुने अयोजकले जनाएको छ ।
    जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।
    नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology