(Thursday 29th of October 2026)
`

नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 16.2K
    SHARES

    नेपालगन्ज । नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा सम्पन्न भएको छ ।
    दुई दिन देखि जारी उक्त प्रतियोगिताको आईतबार सम्पन्न खेलमा पुरुष युगल तर्फ अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडी प्रथम हुन सफल भए । उनिहरुले शिव सुनार र कृष्ण सलामीलाई २–१ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका हुन ।
    त्यसैगरी सोही ईभेन्टमा प्रकाश के सी र सुभाष सुवेदि तथा देव बहादुर बोहोरा र प्रकाश के सीको जोडी तृतीय भएको छ ।
    प्रथम,द्वितिय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार,६ हजार र ३ हजार कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । साथै पुरुष एकल तर्फ सचिन चौधरी प्रथम हुन सफल भए । सोही ईभेन्टमा शिव सुनार दोश्रो,सद्दाम शेष र राजेश वि सी तेस्रो भएका छन् ।
    महिला एकल तर्फ विपना थापा प्रथम,सुनिता शर्मा द्वितिय,तथा निशा यादव र प्राची पौडेलले तेस्रो स्थान हासील गरे । त्यसैगरी पुरुष एकल लिग खेल तर्फ सहरोज अन्सारी प्रथम शिव थापा द्वितिय तथा राहुल गुप्ता र विलाल वारिस तृतीय भएको सह आयोजक नेलोखे संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी गराउनुभएको छ ।
    विजयी खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,प्रदेश सभा सदस्य मो.याकुव अन्सारी,उपमहानगर प्रमुख डा. धवलशम्शेर राणा,उपमेयर उमा थापा मगर,वडा नं. १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर,प्रशिक्षक जयन्त कुमार श्रेष्ठ शाह लगायतले पुरस्कार पदक तथा प्रमाण पत्र वितरण गरेका थिए । नेपालगन्ज उ.म.न.पा. वडा नं. १३ को आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघ,मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनि प्रदेश नेपालगन्जको सह आयोजनामा प्रतियोगिता भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology