खजुरा २५ पुष : बाँकेको खजुरामा जारी सातौ डाँफे कप फुटबल प्रतियोगिताको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा चन्द्र ज्योति स्पोर्टस क्लव एल गाउँलाई शुन्यका विरुद्ध ६ गोल गर्दै डाँफे कपको उपाधी जित्न सफल भएको हो । जय किसान स्पोर्टस क्लवका खेलाडी दिपकराज सिंह ठकुरीले ४ गोल र निरज चौधरीले २ गोल गर्दै टिमलाई जिताएका हुन । ठकुरीले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गरे लगतै ११, १९ र ३८ मा थप तिन गोल गरि कुल ४ गोल गरेका थिए । त्यस्तै अर्का खेलाडी निरज चौधरीले २६ र ३७ मिनेटमा २ गोल गर्न सफल भए ।
शनिवार विजेता बनेको जय किसान स्पोर्टस क्लवले प्रमाण पत्र, मेडल, ट्रफी सहित ७० हजार पुरस्कार जित्न सफल भएको छ । भने फाइनलमा कुनै पनि गोल गर्न नसकेको चन्द ज्योति स्पोर्टस क्लव एल गाउँ द्धितिय भई प्रमाण पत्र, मेडल र नगद ४० हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा खेल अवधिभर धेरै गोल गर्न सफल जय किसान स्पोर्टस क्लव सैनिकका दिपकराज सिहं ठकुरीले नगद ३ हजार ६ सय ५० रुपैया पुरस्कार प्राप्त गरे । त्यस्तै बेस्ट गोल किप्परको उपाधी रेसिंग साहारा क्लव कोहलपुरका मुकेश घर्तिमगरले हात पारे भने बेष्ट प्लेयरको उपाधि न्यु डाँफे स्पोर्टस क्लवका सन्देश योगीले प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा खेल संचालन अवधिभर सहयोग सहकार्य गर्ने व्यक्ति तथा सस्थाहरुलाई क्लवले सम्मान समेत गरेको छ । प्रतियोगितामा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, उप प्रमुख एकमाया विक, वडा नम्बर ४ का वडा अध्यक्ष तथा न्यु डाँफे स्पोर्टस क्लवका अध्यक्ष तिलकविर सुनार, मध्य पश्चिम खेलकुद बिकास समितिका नि बर्तमान अध्यक्ष भिम ओली, वडा नम्बर ६ का वडा अध्यक्ष सबिर जोलाह , बागेश्वरी रेडक्रस सोटाइटिका सभापति जिवनाथ सापकोटा लगाएतका अतिथिहरुले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको थियो ।
