(Wednesday 28th of October 2026)
`

यही २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृती फुटबल प्रतियोगिता हुने

  • सगरमाथा गन्तब्य
  • 19.8K
    SHARES

    नेपालगन्ज २४ पुष- स्वर्गीय श्याम थापा प्रथम स्मृती फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । जय किसान स्पोर्टस् क्लव खजुरा गाउँपालिका १ सैनिकको आयोजनामा यही पुष २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृती फुटबल प्रतियोगिता २०७७ हुने भएको हो । आयोजक टिमले शुक्रवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।
    प्रतियोगितामा भारतका २ टिम र नेपालका १२ टिम गरि १४ टिमको सहभागिता रहने आयोजक टिमले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भारतका सहारा एफसी र सहारा एकेडेमीले भाग लिने छन भने नेपालका १२ वटा टिम सहभागिता दर्ता गराईसकेको आयोजक टिमले जानकारी गराएको छ । जय किसान स्पोर्टस् क्लव खजुरा गाउँपालिका बाँकेको आयोजनामा हुने स्वर्गिय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता पुष २७ गतेदेखि माघ ५ गतेसम्म संचालन हुने क्लवका अध्यक्ष दिपु रानाले बताउनुभयो ।
    मैटहवा माविको फुटबल मैदानमा हुने प्रतियोगिता नकआउटको आधारमा खेलाइने छ । प्रतियोगितामा बाँके जिल्लाका क्लवहरुलाई प्रथामिकतामा राखिएको आयोजक टिमले जानकारी गराएको छ । करिव १२ लाखको लागतमा प्रतियोगिता हुने जनाइएको छ भने प्रथम आउने टिमलाई नगद रु १ लाख ५० हजार, दोश्रोलाई ७५ हजार, बेष्ट प्लेयरलाई १५ हजार, हाइस्कोरलाई १५ हजार र हरेक खेलमा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने आयोजक टिमले जनाएको छ । प्रतियोगितामा बाँके, दाङ, सुर्खेत, जाजरकोट, बर्दिया, कैलाली लगायतका जिल्लाले पनि क्लव दर्ता गराईसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष कर्मा छिरिङग शेर्पाले गर्ने कार्यक्रम तय भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology