(Wednesday 28th of October 2026)
`

प्रजिअ कुरुम्वाङको मालपोतमा छड्के अनुगमन

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    नेपालगन्ज २२ पुष – मालपोत कार्यालय नेपालगन्जमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले छड्के अनुगमन गर्नुभएको छ ।  सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउँसो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बुधवारै देखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाएको बताउनुभएको छ । विचौलियाले गर्दा सेवाग्राही मारमा परेको जनगुनासोका कारण विचौलियालाई प्रबेश रोक लगाएको उहाँले भन्नुभयो ।
    बाँकेका प्रहरी प्रमुख ओम राना सहित छड्के अनुगमन गरेका उहाँले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकाँश कर्मचारी पोषाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरुनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको हुनाले यसलाई सुधार गरेर लैजान निर्देशन दिनुभएको छ ।
    सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उहाँले कडा निर्देशन दिनुभएको छ ।
    प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रबाह नभएको बताउँदै ईमान्दारिता पूर्बक कार्य गर्न निर्देशन दिनुभयो । उहाँले आफु बाँकेमा आईसकेपछि धेरै कार्यालयहरुको सेवा प्रबाहमा सुधार आएपनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गईरहेको चिन्ता व्यक्त गर्नुभयो । नागरिकहरुको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको उहाँले बताउनुभयो । असल कार्य गर्ने कर्मचारीलाई सहयोग गर्छु– प्रजिअ कुरुम्वाङले भन्नुभयो– भ्रष्टाचारमा संलग्न रहने कोही पनि कर्मचारीहरुलाई नछाड्ने जानकारी गराउनुभयो ।
    बिभिन्न बहानामा मालपोतमा कर्मचारीहरुले सेवाग्राहीहरुलाई सास्ति दिईरहेको उल्लेख गर्दै भन्नुभयो –घुस लिनु आमालाई बलात्कार गर्नु सरह हो, त्यसैले होस् गर्नुहोस् ।
    उहाँले पोशाख नलगाउने र परिचय पत्र नलगाउने कर्मचारीलाई भोलि देखि कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई उहाँले निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो–बिचौलियाहरुलाई पूर्ण रुपमा मालपोत परिसरमा प्रबेशमा रोक लगाउनुहोस् ।
    अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख ओम रानाले सेवा प्रबाह प्रभावकारी बनाउनका लागि बिबिधता अपनाउन आग्रह गर्नुभयो । निर्देशन पश्चात बोल्दै मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले निर्देशनको पालना गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology