नेपालगन्ज २० पुष- छैठौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिवल प्रतियोगिता २०७६ को आय–ब्यय सार्बजनिक गरिएको छ । आयोजक संस्था बाँके जिल्ला भलिबल संघले सोमवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–ब्यय सार्बजनकि गरेको हो । प्रतियोगिता सम्पन्न भएको १० महिनापछि आय ब्यय सार्बजनिक गरिएको हो । अध्यक्ष टकंसिंह ठकुरीका अनुसार प्रतियोगिताबाट आयोजकलाई ४७ हजार ३ सय ५५ रुपैया बचत भएको छ । ठकुरीले प्रतियोगितामा २५ लाख ९४ हजार २ सय ५३ रुपैया आय भएको र २५ लाख ४६ हजार ८ सय ९८ रुपैया खर्च भएको बताउनुभयो ।
जसमा पुरस्कारमा ४ लाख ९० हजार, प्राबिधिक खर्च १ लाख २० हजार, खेलाडी यातायात खर्च १ लाख ८७ हजार ५ सय, आवास तथा भोजनमा ६ लाख ७४ हजार ७ सय ४८ रुपैया खर्च भएको आयोजकले जनाएको छ । त्यस्तै अन्य शिर्षकमा बाँकी रकम खर्च भएको सम्मेलनमा जानकारी गराईएको थियो । अध्यक्ष ठकुरीले प्रतियोगिताको सातौं संस्करण आगामी फागुन महिनामा गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, क्षेत्रीय खेलकुद बिकास समिति लुम्बिनी प्रदेशका पुर्ब अध्यक्ष भीम ओली लगायतको उपस्थिति रहेको थियो ।
