काठमाडौँ, ७ पुष । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गराए मनोनित ५५६ केन्द्रीय सदस्यलाई शपथ गराएका छन् । नेकपा अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित गरेका ५ सया ५६ जना केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । मंगलवार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर ओलीले थप सदस्य मनोनित गर्ने निर्णय गरेका हुन् ।
