(Wednesday 28th of October 2026)
`

बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री

  • सगरमाथा गन्तब्य
  • 18.4K
    SHARES

    नेपालगन्ज ०४ पुष – बढैयाताल गाउपालिकाका दुइ बिद्यालयका अति बिपन्न बालबालिकालाइ ग्रेस कम्युनिटीको सहयोगमा शैक्षिक समाग्री वितरण गरिएको छ । बढैयाताल गाउँपालिका ३ स्थित गोभ्रेपुरको श्री नेपाल राष्ट्रिय प्रस्तावित माबिका ५० र श्री भवानी आधारभुत विद्यालय भवनीपुरका ४० र श्री सरस्वती नेपाल राष्ट्रिय आधारभुत विद्यालय सोरहवाका ५० बालबालिका सहित १४० जना अतिविपन्न वर्गका बालबालिकाहरुलाई ग्रेस कम्युनिटीको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । उनीहरुलाई स्कुलव्याग, ड्रेस र स्टेसनरी वितरण गरिएको हो ।
    गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यत्यतामा भएको कार्यक्रममा ग्रेस कम्युनिटीका अध्यक्ष शेरबहादुर बोहरा, सल्लाहकार ज्योति बोहरा, कार्यपालिका सदस्य चन्द्रा विक, । वडाध्यक्ष दुर्गाप्रसाद पराजुली, वडा सदस्यहरु अमृका थारु, सुब्वा बक्स अन्सारी, समाज सेवी क्रमशः दिलबहादुर केसी, नेत्रप्रसाद सापकोटा, रतन जैसी, बेचुलाल यादव, लल्लन यादव समेतको सहभागिता रहेको थियो । शैक्षिक समाग्री वितरणका लागि समन्वयकारी भुमिका निर्वाह गर्दैका अतिविपन्न वर्गका बालबालबालीकाहरुलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम ल्याउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने समाजसेवी कुल बहादुर बिक समेतलाई धन्यबाद दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology