(Wednesday 28th of October 2026)
`

कृषकहरुका लागि सरकारले सहुलियत कर्जा प्रवाह गर्ने

  • सगरमाथा गन्तब्य
  • 17.6K
    SHARES

    नेपालगन्ज, ०१ पुष – लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा परिणत गराउने भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले जानकारी गराउनुभयो । बुधवार नेपालगन्जमा आयोजित कृषिपथ मोवाइल एप उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो कुरा बताउनुभएको हो ।  उद्घाटन सत्रमा बोल्दै मन्त्री पौडेलले कृषिपथ मोवाइल एपले हरेक किसानको समस्या तथा उनिहरुको कृषि पेशालाई अव्बल बनाउने कुरामा उहाँले जोड दिनुभयो ।
    किसानलाई थप उर्जा प्रदान गर्न तथा कृषि मैत्री बनाउन सरकारले सरल धितोको व्यवस्था लागु गर्ने योजनामा रहेको उहाँले जानकारी गराउनुभयो । कृषि धितोलाई प्रभावकारी बनाई सरकारले कृषकको धितोको व्याज सरकारले तिर्ने व्यवस्था समेत मिलाउन तर्फ अग्रसरता देखाएको मन्त्री पौडेलले बताउनुभयो । कृषकका लागि सुलभ कर्जा प्रवाह गर्न सरकारले १० लाखसम्मको कर्जा प्रवाहको लागि विना व्याज ऋण प्रवाह गर्ने योजना बनाएको जानकारी गराउनुभयो । किसानले ६० प्रतिशतसम्म व्याज तिरेर पनि कृषि खेती गरिरहेको उदाहरण रहेको उहाँले जानकारी गराउनुभयो ।
    १ करोडसम्म कर्जा लिने किसानलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने सरकारले अग्रसरता देखाएको उहाँले जानकारी गराउनुभयो । जग्गा नभएका किसानका लागि लुम्बिनी प्रदेश सरकारले भुमिहिन जग्गाको व्यवस्थाको तथा कृषि प्रायोजनको लागि उपभोग गर्ने व्यवस्था मिलाउने कार्य गर्ने जानकारी गराउनुभयो । ५ सय हेक्टरमा लुम्बिनी प्रदेशका किसानले भुमिहिन कृषि पेशा गरिरहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
    कृषिपथ एपले किसानका लागि डिजिटल, कृषि ज्ञान, र अनलाइन बजार प्रर्णालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ । एपले कृषि क्यालेण्डर, कृषि मौसम, विज्ञान परामर्श सेवा, कृषि प्रविधि ज्ञान, कृषि अनलाइन बजार केन्द्र, एग्रोभेट तथा कृषि सामाग्री बजार बिक्री केन्द्र, कृषि उत्पादनको विक्री मुल्य सुची विउविजन र कृषि सामाग्रीको बजारीकरण लगायतको कार्य एपले गर्ने आयोजक टिमले जानकारी गराएको छ ।  फोनबाटै ज्ञान फोनबाटै बजार, घरमै बसी कृषि कारोबार भन्ने मुल नाराका साथ कृषिपथ मोवाईल एप उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु कुमारी खड्काले गर्नुभएको थियो । केयर नेपाल, बि ग्रुप र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको साझेदारीमा कृषिपथ मोवाईल एप कार्यक्रम ल्याइएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology