(Wednesday 28th of October 2026)
`

मुस्लिम समुदाय र थारु समुदायका किशोरीहरुले रजस्वला बार्दैनन्

  • सगरमाथा गन्तब्य
  • 17.7K
    SHARES

    शहबुद्धिन हलवाई, बाँके – के तपाईंलाई थाहा छ ? पहिलो पटक सुन्दा हजुरलाई अचम्म लाग्न सक्छ । कतिपयलाई यो कुरा थाहा नहुन सक्छ, नौलो पनि लाग्न सक्छ । मुस्लिम समुदाय र थारु समुदायका किशोरीहरुले रजस्वला बार्दैनन् । परिवारका सदस्यहरुले पनि थाहा पाउदैनन् किशोरीहरु महिनावारी (रजस्वला) भएको । कुनै पनि किसिमको संकेत नदिई परिवारसंग घुलमिल, घरायसी काममा पनि संलग्न भई चाडपर्व, पुजापाठ, व्रत बस्न मिल्ने धार्मिक ग्रन्थ समेत अध्यन गर्न मिल्ने रहेको छ । अन्य समुदायको तुलनामा कुरा गर्ने हो भने कुनै पनि किसिमको यस समुदायमा रोक लागिएको छैन । सुर्य पुर्बबाट उदाएर र पश्चिम्मा अस्ताउछ कहिले पनि फरक दिशाबाट आफ्नो रुप धारण गर्दैन त्यस्तै महिनावारी पनि शरिरिक प्रक्रिया हो । यसले आफ्नो रुप परिवर्तन गर्दैन यसमा कुनै दुईमत छैन ।
    महिनावारी (रजस्वला) हुनु राम्रो हो, ईश्वरको बरदान हो । कुनै पाप होईन । तर हाम्रो समाजले महिनावारीलाई प्रथा रुपमा लिइ । अर्कै सोच र दृष्टिकोणले हेर्दै आएको छ । २१ औं शताब्दी आएर पनि हामी मा कुनै परिवर्तन हुन सकेको छैन । किशोरीहरुलाई गोठ तथा छुट्टै कोठामा राख्ने भान्सा कोठा , घरायसी काममा संलग्न हुना नदिने साथै पुजा कोठामा पनि प्रवेश हुना नदिने यस्ता खालका रितिरिवाज अहिले पनि जिवित नै छ । बाल क्लब , किशोरकिशोरी क्लब तथा युवा क्लबको सक्रियताले केही हदसम्म बिस्तारै परिवर्तन हुँदै गएको छ ।
    तर यो बर्सौ देखि चल्दै आएको चलन (प्रथा) जारै देखि खतम हुन सकेको छैन । यस विषयलाई लिएर हामी कसैलाई दोष दिन सक्दैनो यसको जिम्मेवार स्वयम् हामी आफै हो । गलत मानसिकता र रुढीबादी सोचले गर्दा हामी यसको हकदार छौ । त्यसैले यस प्रथालाई जरैदेखि फाल्न राजनीतिक दल, सरोकारवाला निकाय, अधिकरकर्मी, बाल क्लब तथा किशोरीकिशोरी क्लब एकापसमा हातेमालो गरि अन्त्य गर्न जरुरी रहेको छ ।
    समाजमा महिनावारी (रजस्वला) एउटा समस्या मात्र नभएर थुप्रै समस्या छन् । सरकारले समाजमा यस्ता समस्यालाई अन्त्य गर्न पत्रपत्रिका , टेलिभिजन , रेडियो तथा विभिन्न गैरसरकारी सास्थाहरुको माध्यमबाट बर्सौ करोडौं रकम खर्च गर्दै अएको छ त पनि यो जटिल समस्या समाजबाट खतम नहुनुको कारण के हुन सक्छ होला । कागजको पानामा मात्र सिमित भइ हामीले उपलब्धि हासिल गर्न सकिम, ब्यवहारमा बद्लिन नसक्नु यसको मुख्य कारण हो ।
    सन् २०३० भित्र नेपाल सरकारले १७ वटा दिगो बिकास लक्ष्य लिएको छ । त्यै १७ वटा दिगो विकास लक्ष्य अन्तर्गत ५ औं लक्ष्य लैङ्गिक समानता पनि पर्दछ । लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउनुका साथै शान्ति र समृद्धि तर्फ मुलुकलाई लैजाने यसको मुख्य लक्ष्य रहेको छ । दिगो विकास लक्ष्यको सन्दर्भमा नेपाल अहिले कहाँ पुगेको छ त ? हामी माथिका कुराहरू पढेर प्रष्ट भइ सक्यौं होला । हाम्रो मुलुकलमा शान्ति , समृद्धि कुनै विदेशीले आएर गर्ने वाला छैन । हामी आफै जुट्नुपर्छ । समृद्धि हाम्रै पालामा सम्भव छ । त्यसैले आउनुस् अब हामी सबै जना मिलेर कसैको आश नगरी समाजमा हुने प्रथाको बहिष्कार गरौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology