(Wednesday 28th of October 2026)
`

तराईमा बाक्लो हुस्सु, उपत्यकामा आज यो बर्षकै कम तापक्रम

  • सगरमाथा गन्तब्य
  • 21.4K
    SHARES

    काठमाडौँ, ३० मंसिर । आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ । मौसम विद्का अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा यो देखिएको छ। यसैगरी अहिले बिहान (साढे ६ बजे गरिएको मापन) काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम (उपत्यकाका लागि) हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology