(Wednesday 28th of October 2026)
`

मैटहवा गाउँमा पुर्णरुपमा लकडाउनको पालना

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज १६ चैत्र
    विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपालमा लकडाउन अर्थात जनता कफ्यु लागु गरिएको आइतवार छैठौ दिन पनि कायमै रहेको छ । लकडाउनको छैठौ दिन बाँकेको कोहलपुर नगरपालिका वडा नंं. ३ मैटहवामा पुर्णरुपमा लकडाउनको पालना गरिएको छ । गाउँ प्रबेश गर्न सडकका ३ ठाउँमा बार लगाइएको छ । स्थानियवासी र बाहिरका नागरिक गाउँमा भित्रिन नदिन कोहलपुर नगरपालिका वडा नंं. ३ स्थित रहेको शिव शक्ति युवा स्पोट्र्स क्लवले लकडाउनको पालना गर्न सो व्यवस्था मिलाएको हो । गाउँमा कोरोना भित्रिन नदिन सो गाउँका स्थानियवासी घरभित्रै बस्न र ओहोरदोहोर नगरुन भनेर सडकमा बार लगाएको क्लवका अध्यक्ष किस कुमार थारुले जानकारी गराउनुभयो । कोरोनाको कहर चलिरहँदा स्थानियवासी लकडाउनलाई उलंघन गरिरहेको हुनाले यसलाई कार्यन्वयन गर्न बाटो बन्द गरेको क्लवका सचिव दयासागर थारुले भन्नुभयो ।

    लकडाउनको पाँचौ दिन सम्म स्थानिय युवाहरु तथा स्थानियवासी फुटबल खेल्न जाने, भलिबल खेल्ने र मोटरसाइकल ओहोरदोहोर गर्ने भएको हुनाले लकडाउनको पालना गर्न पुर्णरुपमा कडाईका साथ गाउँ प्रबेश गर्ने ३ ठाउँमा तारबार गरि आवतजावतमा रोक लगाएको स्थानिय समाजसेवी, युवा नेता तथा कलाकार केशव चालिसेले बताउनुभयो । गाउँघरमा कसैलाई केही समस्या परेको खण्डमा वडा अध्यक्षलाई जानकारी गराई समस्याको समाधान गर्ने गरेको कलाकार चालिसेले जानकारी गराउनुभयो । वडा अध्यक्षको पनि पुर्ण साथ र सहयोग रहेको हुनाले युवा क्लवले सह्रानिय कार्य गर्दै आएको कलाकार चालिसेले बताउनुभयो । गाउँघरमा आइपर्ने समस्यालाई समाधान गर्न वडा अध्यक्ष माधव रिजाल, स्थानियवासी तथा समाजसेवी सन्तोष थारु, सुरेन्द्र कुमार थारु, केशव चालिसे र सुरेन्द्र कुमार थारुको मुख्य भुमिका रहने गरेको क्लवका सचिव थारुले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology