(Wednesday 28th of October 2026)
`

पूर्वमन्त्री राईद्धारा कोरोना विरुद्धको अभियानमा जुट्न आव्हान

  • सगरमाथा गन्तब्य
  • 19.4K
    SHARES

    बाँके १४ चैत्र
    प्रतिनिधिसभा सदस्य मोहम्द इश्तियाक राईले कोरोना विरुद्धको अभियानमा जुट्न आव्हान गर्नुभएको छ । बाँके क्षेत्र नम्वर २ बाट निर्वा्चित सांसद राईले आज एक विज्ञप्ती निकालेर त्यसका लागि पार्टी पंक्तिका नेताहरुलाई आवश्यक मानविनय सहयोगमा जुट्न आव्हान गर्नुभएको हो । बाँके क्षेत्र नम्वर २ को भुगोलभित्र बस्ने सबैको अवस्था बुझेर आवश्यक परेकालाई सहयोगको जरुरत रहेकाले सम्पर्क नम्वर नै तोकेर नेता तथा कार्यकर्ता खटाइएको पनि विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । खासगरी ज्यालादारी, मजदुरी, असक्त र गरिबीको चपेटामा परेका नागरिकहरुको सहयोग जरुरी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    पूर्वमन्त्री समेत रहेका राईले रकमान्तर गरिएको बजेटबाट कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला, किट खरिद गर्ने, सुरक्षित आइसोलेसन वार्ड, भेन्टिलेटर बनाउने लगायतका कार्यमा खर्च गर्ने व्यवस्था मिलाउन पनि अपिल गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology