(Wednesday 28th of October 2026)
`

ढकालको गीतकृति लजालु पहाडहरु’ को विमोचन

  • सगरमाथा गन्तब्य
  • 15.3K
    SHARES

    नेपालगन्ज १४ मंसिर- साहत्यिकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ विमोचन गरिएको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
    करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशिल ढकालको लजालु पहाड पहिलो पुस्तकाकार कृति हो । पुस्तकमा ६७ वटा गीतहरु संग्रहीत छन् । विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए । उनले भने, “ जसले जीन्दगीको लक्षित उचाईमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ।”उनले कृतिमा रहेका केही गीतहरु प्हिलो पढाईमा दुर्बाेध्य जस्तो लागेपनि तीनको वजन थाहा बुझनेबित्तिकै फरक खालको अनुभुत हुने दावी गरे ।
    यसैगरि, कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए । कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए । उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए । युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसंगहको मुल्य २५० तोकएिको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology