नेपालगन्ज, १४ मंसिर- शनिवारके मेलम देख्नु ओइ छैली बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल बिवश जिएच र चर्चित मोडेल दिपिका जिएचको मुख्य भुमिका रहेको शनिवार के मेलम देख्नु ओइ छैली बोलको गितमा शव्द राजु चौधरी (कुश्मी) को रहेको छ भने कम्पोज श्याम चौधरीको रहेको छ । शनिवार के मेलम बोलको गितमा स्वर चर्चित गायक गणेश चौधरीको रहेको छ ।
यस्तै म्युजिक भिडियोको छायाङकन यम बहादुर थारुले गर्नुभएको छ भने इडिटिङग पनि यम बहादुर थारुकै रहेको कलाकार राजु चौधरीले जानकारी गराउनुभयो । म्युजिक भिडियोको गितमा विरेन चौधरीले कोरियोग्राफी गर्नुभएको छ भने वाईएस मिडियाले पोष्टप्रोडक्सन गरेको छ । चर्चित कलाकार विवशले थारु जगतमा सवैभन्दा बढि म्युजिक भिडियो खेलेको बताउनुहुन्छ भने चर्चित मोडेल दिपिका जिएच भने अनलाइन डान्सिङ्ग स्टारको दोश्रो हुन सफल कलाकार हुन् ।
