नेपालगन्ज १३ मंसिर- हिन्दु राज्यको माग गर्दै नेपालगन्जमा विशाल मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ”, भन्ने मुल नाराका साथ हिन्दु राज्य र राज संस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा विशाल मोटरसाकल ¥याली प्रदर्शन गरिएको हो । हजारौंको संख्यामा स्थानिय बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल ¥याली निकालिएको छ । हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छन् । नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर ¥यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । कार्यक्रममा सहभागीहरुय्ले धम्बोझी चोकमा पुन राजा बिरेन्द्रको शालिक स्थापना गर्नु पर्ने माग राखेका थिए ।



https://fb.watch/21PyWOuaQO/
