(Wednesday 28th of October 2026)
`

मुस्लिम समाजले शनिवार खाद्यान्न बाड्ने

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    बाँके १४ चैत्र
    मुस्लिम समाजले शनिवार नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ । कोरोना भाईरसका कारण गरिएको लकडाउनले मजदुर र असहायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिने मुस्लिम समाजले जनाएको छ । नेपालगञ्ज उपमहानगर पालिका भित्रका वडाहरुमा बस्ने मजदुर र असहायहरुको लगत संकलन गरेर शनिवार घर–घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मेराज अहमद हल्वाई (हिमालय)ले बताउनुभयो ।


    देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुको साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो बढि रहेको छ । मुस्लिम समाजले करिव सात सय परिवारलाई खाद्यान्न बाड्ने योजना बनाएको छ उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology