नेपालगन्ज, ११ मंसिर । घरवाली पैसा खन खन बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार कमल अधिकारीको शब्द÷संगीत र संगीत सयोजन समेत रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन खन’ बोलको म्युजिक भिडियो सर्वजानिक भएको हो ।
घरवाली पैसा खनखन गीतमा स्वर विष्णु थापा (सरगम) ले दिनुभएको छ । गीतको प्रोडुसर नगेन्द्र रिमाल रहनुभएको छ भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेको गायक विष्णु थापा सरगमले जानकारी गराउनुभयो ।
गीतको भिडियोमा चर्चित नायक पल शाह र चर्चित मोडेल रियाशा दाहालको मुख्य अभियन रहेको छ । पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गर्नुभएको छ । भिडियोको छाँयाङकन अर्जुन तिवारीले गर्नुभएको छ भने भिडियो इडिटिङग मिलन विश्वकर्माको रहेको छ ।
