(Wednesday 28th of October 2026)
`

सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि विद्यालय संचालन गर्नुस् : अभिभावक

  • सगरमाथा गन्तब्य
  • 23.4K
    SHARES

    नेपालगन्ज १० मंसिर- सरकारले स्थानिय तहलाई विद्यालय संचालनको जिम्मा लगाएको छ । यता नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय भौतिक कक्षा संचालन कार्यविधि २०७७ को कार्यढाचा मा रहेर विद्यालय संचालन गर्ने निर्देशन दिएको छ । सोही अनुसार हरेक विद्यालयले कार्यविधिलाई लक्षित गरि विद्यालयमा रहेका संरचना तथा विद्यालयले गर्नुपर्ने कार्यविधि पुरा गरि संचालनको तयारीमा रहेका छन् ।

    करिव ८ महिना लामो समय विद्यालय बन्द हुँदा शिक्षा क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै नेपाल सरकारले कार्यविधि तयार गरि विद्यालय संचालनमा ल्याउने जानकारी गराएको हो । बुधवार नेपालगन्जमा विभिन्न स्कूलले अभिभावक भेला गरि कोभिड १९ को सन्दर्भमा विद्यालय संचालन सम्बन्धि कार्यढाचा २०७७ मा रहेर स्वस्थ्य सुरक्षाको सम्पुर्ण मापदण्ड अवलम्बन गरि भौतिक कक्षा संचालन गर्न सहमति भएका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका १८ मा रहेको सगरमाथा ई.मि. स्कूल र नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको भेरी ई.मि. स्कुलले अभिभावक भेला बोलाई स्थानिय तहले दिएको निर्देशनलाई पालना गरि संचालनमा ल्याउन सुझाव दिएका छन् । अभिभावकको तर्फबाट बालवालिकाहरुलाई गरिने सम्पुर्ण स्वास्थ्य सुरक्षा आफै लिने गरि अभिभावकहरु बालवालिकाको भविश्यलाई उज्वल बनाउन विद्यालय संचालन गर्न जिम्मेवारी सुम्पेका छन् । अभिभावक भेलामा स्थानिय जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, बालवालिका, अभिभावक, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology