नेपालगन्ज २८ कात्र्तिक : कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
कोरोना कहरका बीच धेरै सहभागी उपस्थित गराउन नसकिने भएको भन्दै ज्ञान केन्द्र बाँकेले स्थानीय रेडियो र पत्रकार भेटघाट कार्यक्रम गरि सन्चार माध्यमद्वारा आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको अध्यक्षतामा भएको बार्षिक कार्यक्रम सार्वजनिकरणको प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले गर्नुभएको थियो । वार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष थारुले किसानको मर्म बुझेर ज्ञान केन्द्रले कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष थारुले खेतीयोग्य जमिनलाई बचाउन ज्ञान केन्द्रले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो । हुने खाने र पहुँच भएकाले कृषिको नाममा फाइदा उठाइरहेको हुनाले यसमा पनि ज्ञान केन्द्रले ध्यान दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।
ज्ञान केन्द्रले १४ करोड ५५ लाख १४ हजार बजेट प्रस्तुत गरेको हो । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा सन्चालन गर्ने कार्यक्रमहरु स्मार्ट कृषि गाउँ, लसुन तथा प्याज मिसन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको पकेट विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम , स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम रहेका जानकारी गराएको छ ।

यस आर्थिक वर्षमा रोड कोरिडोर सडक मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, आलु तथा मकै अभियानमुखी उत्पादन कार्यक्रम , बीउ भण्डारण पुर्वाधार निर्माण , कस्टम हायरिंग सेन्टर निर्माण ,कृषि पर्यटन प्रबर्द्धन कार्यक्रम, हरित स्वयंसेवक परिचालन तथा सुलभ कर्जा सहजीकरण र बजारमुखी धान उत्पादन प्रबर्द्धन कार्यक्रम लगायतका रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । बागवानी विकास अधिकृत शम्भुनाथ, कृषि प्रसार अधिकृत शारदा ज्ञवाली, कृषि अधिकृत दिनेश भट्टराई, लगायत जिल्लाका १५ जना पत्रकारहरुको सार्वजनिक कार्यक्रममा सहभागी रहेको थियो ।
