(Wednesday 28th of October 2026)
`

अपडेट : बैतडी बस दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो (नामसहित)

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES
    • कृष्ण बिष्ट

    बैतडी, २८ कार्तिक ।  बैतडीको पाटन नगरपालिका- ८ खोडपेमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जना र घाइते भएका ३४ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कैलाली र कञ्चनपुरका २-२ जना रहेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका- ६ का रण बहादुर चन्द, कविन्द्र जोशी र २७ वर्षीय करन सिंह ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु भएका चन्द नेपाल प्रहरीमा कार्यरत  हुन् भने जोशी दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।

    यस्तै, मृत्यु हुनेमा दार्चुलाका २ जना रहेका छन् । मालिकार्जुन गाउँपालिका- ५ डाडाकोटका ४० वर्षीय जगन्नाथ ओझा, लेकम गाउँपालिका खरकडाका तर्कराज गिरी रहेका छन् । यसैगरी कञ्चनपुरका पनि २ जनाको मृत्यु भएको छ, जसमा भिमदत्त नगरपालिका वडा नं ८ की कृतिका कार्की, भीमदत्त नगरपालिका- १० का बिजना देवी धामी रहेकी छन् ।

    यस्तै कैलालीका पनि २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका- १४ आदर्शटोलका ऋषीराम चौधरी, धनगढी उपमहानगरपालिका १४ कै फूलबारीका नरेन्द्र चौधरी रहेका छन । यस्तै घाइते हुनेमा बैतडीका ८ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठमाण्डौका ३ जना र अछामका १ जना गरी ३४ जना रहेका छन् । बैतडीका ८ जना घाइतेमा जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ७ का २८ वर्षीय बिरेन्द्र कार्की, दोगडाकेदार गाउपालिका २२ वर्षीय नितेस भट्ट, बैतडीको दोगडाकेदारका २२ वर्षीय बिमाला बडु जोसी र उनका छोरा सुसांक जोसी, बैतडीकै डिलाशैनी गाउपालिका १ का २० वर्षीय जनक धानुक, दोगडाकेदार गाउपालिका ७ का २७ वर्षीय अमृत बिक, डिलाशैनी गाउपालिका ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, बैतडीको पुर्चाेडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यस्तै घाइते हुनेमा दार्चुलाका ६ जना रहेका छन् । दार्चुलाको लेकम गाउपालिका २ का ५१ वर्षीय बल्देव सिह कार्की, शैल्यशिर ८ का २७ वर्षीय रमेश खत्री, मार्मा गाउपालिका २ कि ३ वर्षीया सिम्रन सिह, शैल्यशिखर नगरपालिका ८ का धन सिह खत्री, दार्चुलाकै मार्मा गाउपालिका वडा नं २ का २४ वर्षीय जानकी सिहं रहेका छन् । नौगाड गाउँपालिका सिप्टीका पुरुन टमाटा गरी ६ जना रहेका छन् ।

    यस्तै कञ्चनपुरका १० जना रहेका छन । भिमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, सुक्लाफाटा नगरपालिका ६ का ६५ वर्षीय नर्मा धामी, सुक्लाफाटा ६ का ५५ वर्षीय हर्क बहादुर धामी, बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवर र उनका २ वर्षीय छोरा नितेस कुवर, भिमदत्त नगरपालिका ६ का २४ वर्षीया दिपा चन्द, भिमदत्त नगरपालिका १ का ३५ वर्षीय नरेश पन्त, बेल्डाडी ३ का नरेन्द्र सिह सावद, भिमदत्त ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद गरी १० जना रहेका छन ।

    यसैगरी कैलालीका ६ जना घाइते भएका छ । फुलबारीका १८का ३५ वर्षीय दिनेश चौधरी र सोहि ठाँउका २२ वर्षीय बिसाल घर्तीमगर गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी ३ का बेद प्रकास धामी, गौरीगंगा नगरपालिका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६ जना घाइते भएका हुन ।

    यसैगरी काठ्माण्डौका काठ्माण्डौका १९ वर्षीय अजी लामा, काठ्माण्डौ गोकणेश्वर ४ का कर्ण बहादुर बिष्ट र २२ वर्षीय अस्मिता बिष्ट रहेका छन । यसैगरी अछामको चौरपाटी ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन । मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेको पहिचान खुल्नेमा बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ६ का २७ वर्षीय करन ऐर, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ८ कि किर्तिका कार्की र बैतडीको दोगडाकेदार गाउपालिका ६ का रण बहादुर चन्द रहेका छन । उनि नेपाल प्रहरीमा कार्यरत रहेको पनि प्रहरीले जनाएको छ । अन्य ६ जनाको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

    दार्चुलाको गन्ना देखि महेन्द्नगरका लागि छुटेको पवनदुत यतायातको ना ५ख ५१४१ नंको बस खोडपे बजार नजिकै बिहिबार राती १०ः २५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology