(Wednesday 28th of October 2026)
`

भारतमा ८० कराेड गरिबका लागि ३ महिनासम्म नि:शुल्क राशन र ग्यास

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    एजेन्सी, १४ चैत । कोरोना भाइरसका कारणले भारतभर लागू गरिएको २१ दिने लकडाउनलाई ध्यानमा राख्दै त्यहाँकी अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार विशेष आर्थिक प्याकेजको घोषणा गरेकी छन् ।

    यसअन्तर्गत आगामी ३ महिनासम्म ८० करोड गरीबलाई निःशुल्क पिठो वा चामल र एक किलो दाल दिने घोषणा गरिएको छ । यसका अतिरिक्त गरीब महिलाले निःशुल्क रुपमा ग्यास सिलिन्डर पनि पाउने छन् । ‘गरिबका कल्याण प्रधानमन्त्री अन्न’ योजनाअन्तर्गत आगामी ३ महिनासम्म गरीबहरुलाई पाँच किलो चामल, गहुँ या पिठोका साथै एक किलाे दाल निःशुल्क दिने घोषणा गरिएको हो ।

    बिबिसी हिन्दीका अनुसार १.७० लाख करोड भारुको यो प्याकेज घोषणा गर्दै अर्थमन्त्रीले सीतारमणले भनिन् ‘गरिबहरूका लागि खाना उपलब्ध गराइनेछ र पैसा पनि डिबीटी मार्फत हस्तान्तरण गरिनेछ ।’

    उनले प्रेस सम्मेलनमा भनेकी छन्, ‘प्याकेज प्रवासी मजदुर र शहरी-ग्रामीण गरिबहरूका आवश्यकताका आधारमा तत्काल तयार छ, कोही पनि भोकाउन पाउनेछैन ।’

    यस बाहेक, सरकारले ‘ईपीएफ’ लागि पनि ठूलो राहत प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत कम्पनी र कर्मचारी दुबैको हिस्साको योगदान सरकारद्वारा तीन महिनाका लागि लागि हुनेछ । यो घोषणा त्यस्ता कम्पनी÷संस्थानका लागि गरिएको हो, जहाँ १०० भन्दा कम कर्मचारी रहेका छन् र ९० प्रतिशत कामदारको तलब १५ हजार रूपैयाँभन्दा कम रहेको छ ।

    सरकारले कोरोनाको युद्धमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीका लागि ५० लाखको बीमा प्याकेज पनि घोषणा गरेको छ । २० लाख कर्मचारी यसबाट लाभान्वित हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology