नेपालगन्ज २५ कात्र्तिक- नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेद्धारा मंगलवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान पर्ब दशै, छठ, मोहम्मद दे, दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
संघको जिल्ला अध्यक्ष बुद्धिराज बर्तौलाको अध्यक्षतामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि सांसद महेश्वर गहतराज (अथक) रहनुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना, केन्द्रीय अध्यक्ष काली बहादुर घर्ति मगर, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली बहादुर खड्का, धर्मगुरु, खेलाडी, समाजसेवी, अगुवा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
