(Wednesday 28th of October 2026)
`

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री

  • सगरमाथा गन्तब्य
  • 19.9K
    SHARES

    काठमाडौँ, २२ कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा प्रभाव पार्ने उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा आज बिहान घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम अझै घट्दै जादा मुलुकका विभिन्न स्थानमा हुस्सु लाग्ने मौसमविद्हरुको पूर्वानुमान छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology