(Wednesday 28th of October 2026)
`

कालीगण्डकीमा सुख्खा पहिरो जाँदा ५ जना मजदूरको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    नवलपरासी, २० कार्तिक । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ । सुख्खा पहिरो जाँदा ५ जना मजदुरको ज्यान गएको हो । पहिरोमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिरो गएको र त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको जनाइएको छ ।मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सबै बुलिङ्टार– ४ का रहेका छन् । जसमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।
    पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएको र उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेको प्रहरीको भनाइ छ । हाल घाइते दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ । पहिरामा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology