(Wednesday 28th of October 2026)
`

कर्णालीका मुख्यमन्त्रीले २ मन्त्री हटाएर नयाँ राख्ने तयारी

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    काठमाडौं, १६ कार्तिक । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै छ । सत्तारूढ नेकपाकै गुटहरूबीच विवाद चुलिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू अनुकूल मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएकाे बताइएकाे छ । विशेष स्राेतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गुटका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएकाे छ । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन-वातावरणमन्त्री नन्दसिंह बूढा रहेका छन् । सट्टामा नेकपाका बरिष्ठ नेता माधव नेपाल गुटका २ जनालाई मन्त्रीमा नियुक्ति गर्ने  तयारी  रहेकाे छ ।

    साथै यसअघि रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्रीमा पनि आजै नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेकाे छ । यसअघि  बैंकिङ कसुरमा  परेपछि ओली पक्षधर नै मानिने तत्कालीन भाैतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई हटाइएकाे थियाे । नयाँ नियुक्त हुने मन्त्री र कार्यविभाजनबारे भने खुलाइएकाे छैन । सामाजिक विकास मन्त्री दल रावलले आफूलाइ हटाउनुअघि नै सामाजिक सन्जालमार्फत् पद त्याग गरेकाे बताउनुभएकाे छ । उहाँले ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु’ भन्दै स्टाटस राख्नुभएकाे छ ।

    केही समयअघि मुख्यमन्त्री शाहीलाइ नै हटाउनेगरी नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पछि पार्टी केन्द्रकाे निर्देशन र आन्तरिक छलफलबाट उक्त विवाद सामसुम पारियाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology