(Wednesday 28th of October 2026)
`

सिओसी सहजकर्ताहरुलाई ७ दिने प्रशिक्षण प्रशिक्षक तालिम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 16.1K
    SHARES

    बर्दिया ०४ कात्तिक – प्लान र्ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालीका तथा युवा शसक्तिकरण र बाल विवाह रोकथाम परियोजना अन्तर्गत परिवर्तनका सहजकर्ताहरुलाई ७ दिने सिओसी प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालीकाको ठाकुरद्धारामा सञ्चालन भएको ७ दिने तालिममा प्लान ईन्टर नेशनल नेपालका क्षेत्रीय फिल्ड कार्यालय सुर्खेतका कार्यक्रम विज्ञ बिनय ज्ञवाली र स्रोत व्यक्तिको रुपमा बी ग्रुप बाँकेका कार्यक्रम प्रबन्धक प्रकाश कुमार शर्माले तालीमको सहजिकरण गर्नु भएको थियो ।


    तलिममा सिओसी १ र २ मोडुलहरु, लैगींक रुपान्तरण, लैगींक समानता, बाल अधिकार, बिषयहरुमा अनुशिक्षण गरिएको थियो । तालीमको समापन कार्यक्रममा सिओसी सहजकर्ता कृष्णराम थारु आफ्नो भनाई राख्दैे सिओसी मोडुलहरुलाई सहि तरिकाले सहजिकरण गर्न सकियो भने पक्कै पनी हामीले खोजेको परिणाम निकाल्न सकिन्छ । साथै परिवर्तन सम्भव छ हामीले आफैबाट सुरु गर्नुपर्छ ।
    साथै सिओसी सहजकर्ता पार्वती मल्लले वालविवाह रोकथामका लागी समुदायलाई बुझाउन आवश्यक भएको र सिओसी सदस्यहरुबाटै सम्भव हुने र यो अवसर आफुलाई प्राप्त भएको बताउनुभयो । तालीमको समापन कार्यक्रम संयोजक दिनेश कुमार चौधरीले गर्नुभएको थियो भने तालिम असोज २८ गते देखी कार्तिक ४ गते सम्म सञ्चालन भएको थियो ।


    बी गुपले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको राजापुर नगरपालीकाका वडा नं ६ र ८, गुलरिया नगरपालीकाको वडा नं ११ र १२ बढैयाताल गाउँपालीकाको वडा नं ७, ८ र ९ र बाँसगढी नगरपालीकाको वडा नं ६ र ८ बालविवाह रोकथाम परियोजना सञ्चालन गरिरहेको छ । साथै बाँके जिल्लाको खजुरा गाउँपालीकाको वडा नं ४ र ५ बर्दिया जिल्लाको मधुवन नगरपालीकाको वडा नं १ र २ र बारबर्दिया नगरपालीकाको वडा नं ३ र ५ मा बालीका तथा युवा शसक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ । प्रत्यक वडाहरुमा १० देखी १५ बर्ष र १६ देखी २४ बर्ष उमेरका २५÷२५ किशोर तथा किशोरीहरुको समुह गठन गरी किशोर तथा किशोरी कक्षाहरु सञ्चालन गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology