नेपालगन्ज १३ चैत्र
कोरोना भाइरस (कोभिड १९) को यस गम्भीर परिस्थितिमा सम्पुर्ण नागरिक जिम्मेवार बन्न जरुरी छ । जनता कर्फुको वेवास्ता गरी जनता घर बाहिर निस्केका समाचार प्रकाशनमा आएकाले यस प्रति महिला मानबअधिकार रक्षक संजालको ध्यानकर्षण भएको छ । सरकारले जारी गरेको लकडाउन, जनता कर्फुको पालना गरी सेल्फ क्यारेन्टाइनमा बसी मानवशरीरको रक्षा गर्न सम्पुर्ण बांकेवासीलाइ महिला मानबअधिकार रक्षक संजाल यसै प्रेस विवज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछ ।
इटाली र फान्सका जनताले जनताकर्फुको पालना नगरेका कारण एकै दिनमा सयौको संख्यामा मानिसहरु मृत्युकोे शिकार भएको पुष्ठि भएको छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वमा झण्डै २० हजार मानिसको मृत्यु भइसकेको छ । यो रोग लागि सकेपछि नत औषधि बनेको छ, सोझै मृत्युको मुखमा जानुको विकल्प छैन । यस कारण बांकेबासीले समयमै सतर्कता अपनाएर घर भित्रै बस्ने पटकपटक सावुन पानीले हात धुने, सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने, रुघाखोकी र ज्वारो आएमा मात्र अस्पताल जाने जस्ता कार्य अपनाउन जरुरी देखिएको छ ।
फान्सबाट आएका ४जना बांकेका रहेकाले रोग फैलिने प्रवल सम्भावना देखिएको छ । विश्वका कति विकसित मुलुक त यो रोगको औषधि नभएका कारण मृत्युको शिकार भएका छन भने हाम्रो जस्तो सिटामोल पाउन कठिन हुने मुलुकमा रोग लागि सके पछि बाच्न कठिन छ । त्यसकारण समयमै सतर्कता अपनाउ । सीमापारीबाट आएका नेपालीको स्वास्थ्य जांच गरी आवश्यकता हेरी क्वारेन्टाइनमा राखौं, जनता कर्फुको पालना गरौ, बांकेबासीलाइ बचाउ । घरभित्रै लकडाउनमा बसौं ।
बाँके जिल्ला सिमानामा रहेका कारण अझ बढि जोखिम र चुनौति छ । त्यसकारण नागरिक समाज र प्रशासनले सर्तकता अपनाउन जरुरी छ । यो रोग श्वासप्रश्वासबाट सर्ने भएका कारण हामी घरबाहिर निस्केर अरुको श्वास वा रोग लिन नगएसम्म आफुमा त्यसै घरभित्र आउँदैन । त्यसकारण सरकारले जारी गरेको जनाता कर्फुको पालना गरौ । सरकारले अत्यावश्यक बस्तु, खाद्यान्न तरकारी, नुन तेल, चमल, दानापानी आदि सहजरुपमा उपलब्ध गराउन स्थानिय सरकारलाई जिम्मा दिइसकेको छ । प्रत्येक वडा कार्यालय र जनप्रतिनिधि चनाखौ बनौं । त्यसको कार्यान्वन गरोै । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सेवालाइ स्वागत गर्रौ । संचारकर्मीसाथीहरु आफु सुरक्षित रहेर आफ्नो डिउटी पुरा गरौ, अपुष्ट समाचारको पछि नलागौं । कोरोना भाइरस १९ विरुद्ध हामी सबै एक जुट भएर लडौं, विजय प्राप्त गरौ ।
