(Wednesday 28th of October 2026)
`

खजुरा गाउँपालिकामा हाईब्रिड धानको वीउ उत्पादन सुरु

  • सगरमाथा गन्तब्य
  • 16.9K
    SHARES

    नेपालगन्ज ०२ कात्तिक – पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरा गाउँपालिकामा हाईब्रिड धानको वीउ उत्पादन शुरु गरिएको छ । यसअघिसम्म भारतबाट आउने वीउमा निर्भर रहेका बाँके र बर्दियालगायत पश्चिम नेपालका किसानले आगामी वर्षबाट नेपालमै उत्पादन भएको वीउबाट खेती गर्न पाउने कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताउनुभयो । उहाँले रााष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले खजुरामा हर्दिनाथ हाइब्रिड १ ‘एच एच १’ र हर्दिनाथ हाइब्रिड २ ‘एच एच २’ नामको हाईब्रिड धानको वीउ पहिलो पटक उत्पादन गरेको बताउनुभयो । यी दुबै हाईब्रिड धानको २ हेक्टर जमिनमा २ टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरीएको छ ।
    निर्देशक त्रिपाठीका अनुसार १२२ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड १ धान प्रति हेक्टर ७।५ टन उत्पादन क्षमता रहेको छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड २ धानको उत्पादन क्षमता प्रति हेक्टर ८ टन रहेको छ । भारतीय हाईब्रिड धानको बीउप्रति कृषकहरु आकर्षक भईरहँदा नक्कली बीउमा ठगीने गरेको पाईएकोले नेपालमै हाईब्रिड धानको विकास गरी उत्पादन शुरु गरेपछि उत्पादन बृद्धि हुनका साथै गुणस्तरीय वीउ समेत पाइने कृषि अनुसन्धान निर्देशनालय खजुरास्थित बाली प्रजनन् ईकाईका प्राविधिक अधिकृत सुमन बोहोरा बताउँनुहुन्छ । उहाँले लामो समयको परीक्षणपछि हाइब्रिड धानमा पाएको सफलतासंगै देशका विभिन्न स्थानमा कृषि अनुसन्धान निर्देशनालयले बीउ उत्पादन शुरु गरेको पनि बताउनुभयो ।
    प्राविधिक अधिकृत बोहोराका अनुसार बीउ उत्पादन गर्दा आठवटा लाईन पोथी र बिच बिचमा दुईवटा लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाको रुपमा हर्दिनाथ हाईब्रिडको नयाँ वीउ उत्पादन गरिएको छ । उहाँले रोपिएको वीउ आगामी मंसिरमा तयार हुने र फागुन चैतमा किसानलाई वितरण गरिने बताउनुभयो । धान उत्पादन राम्रो भएमा आगामी वर्षमा वीउ उत्पादन बृद्धि गर्दै लैजाने योजना रााष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको छ । निर्देशनालयका बाली बैज्ञानिक रामदास चौधरीका अनुसार स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण किसानहरु भारतीय बीउप्रति निर्भर हुनुपरेको थियो । गुणस्तर परस्क्षण बिना भारतबाट जथाभावी ल्याईने बीउले बेला बेलामा कृषकहरु ठगिने समेत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology