(Wednesday 28th of October 2026)
`

खजुरामा बस्यो आकास्मीक बैठक

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES

    नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सन्चालनमा ल्याएको वडा नम्बर १ मैटहवा माविको क्वारेन्टाइनमा अनुसन्धानको लागी चार जनालाई राखिएको छ । क्वारेन्टाइनमा मानिसहरुलाई राख्न थालेपछि त्यसलाई व्यवस्थित गर्न तथा कोरोना विरुद्धको अभियानलाई अझ ससक्त पार्न खजुरा गाउँपालिका कार्यपालिकाको आकस्मीक बैठक बसेको छ । बैठकले क्वारेन्टाइन चुस्त दुरुस्त सन्चालन गर्नका लागी स्वास्थकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको छ ।

    क्वारेन्टाइनमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन देखी विरामीहरुको सुरक्षालाई विषेश ख्याल गर्न समेत बैठकले सम्बद्धहरुलाई निर्देशन दिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता रहेकाहरुलाइृ साझ विहान खानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने गरि निर्णय गरिएको छ । बैठकमा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विपतको बेला जनप्रतिनिधिहरुले जनताको जिउधनको सुरक्षाको लागी खुलेर लाग्न र समन्वयकारी भुमिका निर्वाह गर्न निर्देशन दिए । कक्षपतिले सरकारले घोषणा गरेको लकडाउनलाई सबै जनताले पुर्ण पालना गर्न आग्रह समेत गरेका थिए । बैठकमा उप प्रमुख एकमाया विक, प्रमुख प्रसासकिय अधिकृत बम बहादुर केसी, राजनितिक सल्लाहकार भिम वली, विभिन्न राजनितिकदलका प्रतिनिधि, स्वास्थ शाखाका प्रमुख पुर्ण खड्का, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख पोषणराज थपलियाले हाल सम्म भए गरेका प्रगतिको जानकारी गराएका थिए । बैठकले क्वारेन्टाइनमा आवश्यक सुरक्षाकर्मि माग गर्ने निर्णय समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology