(Wednesday 28th of October 2026)
`

जमुनाहा नाकामा अझै १६ जना नेपाली अलपत्र अवस्थामा

  • सगरमाथा गन्तब्य
  • 15.5K
    SHARES

    बाँके चैत १३ गते । नेपालगन्ज नाकामा दुई दिन देखि नेपाल भारत जमुनाहा नाकामा १६ जना नेपाली अलपत्र अवस्थामा रहेका छन् ।
    भारतबाट नेपाल आउदै गरेका १६ जना दुई दिन देखि जमुनाह नाकामा अलपत्र अवस्थामा रहेका छन् । उनीहरु न राम्रोसँग खान पाएका छन न त सुत्न । त्रिपालमुनि बस्दै आएका उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइन गर्न सकिने भएपनि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिका निरही बन्दा सकसपूर्ण दिन विताइरहेका छन् ।
    एकजना महिला चार महिने दुधे बालकसँग दुई रात कटाइ सकिन् । खुल्ला ठाउँ, सुत्न र बस्नलाई समस्या हुँदा उनीहरुको स्वास्थ्य नै जोखिममा परेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का माथिको आदेश विना केही गर्न नसक्ने बताउँछन भने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सिडिओको अनुमति विना केही गर्न नसक्ने बताउँछिन् ।
    स्थानीय प्रशासन र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण उनीहरुको स्वास्थ्य ठूलो जोखिममा परेको छ । जवकी नाकादेखि करिव तीन किलोमिटरको दूरीमा रहेको महेन्द्र बहुमुखि क्याम्पसमा क्यारेन्टाइन छ । त्यही क्वारेन्टाइनमा राख्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि सम्वध सरोकारवाला रमिते बनेका छन् । नाकामा अलपत्र परेका १६ जनालाई सरकारले खाना समेत खुवाउन सकेको छैन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology