नेपालगन्ज २१ असोज- मत लाईदिउला भन्थे मायाले भन्ने बोलको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ ।
मत लाइदिउला भन्ने बोलको गितमा स्वर खेम भौगोरियाको रहेको छ भने कलाकारमा चर्चित मोडल विवश जिएच, झरना, मस्तिराम चौधरी (मस्तैला) सन्जिता सोनकुशुम्याको मुख्य भुमिका रहेको छ ।
यस्तै गितको ¥यापमा खेम भौगोरिया, शिशिर धम्लहवा,गौरब हर्दिउला, सोहन लाल चौधरीले साथ दिनुभएको छ । गितको डाइरेक्सन खेम भौगोरियाकै रहेको छ भने कोरियोग्राफीमा नविन ओलीले साथ दिनुभएको छ ।
क्यामरा÷छायाङकनमा यम बहादुर चौधरीको छ भने पोष्टप्रोडक्सन वाईएस मिडिया कोहलपुरको रहेको छ । गितको छायाङकन कोहलपुर पार्टी प्यालेस, बाँकेको गाभर भ्याली च्यामा होमस्टे र हवलदारपुरमा भएको कलाकार मस्तिरामले जानकारी गराउनुभयो । मत लाइदिउला बोलको गित दशै अगावै सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।
