(Wednesday 28th of October 2026)
`

विश्वभर ७६ करोडलाई कोरोना संक्रमण हुन सक्छ : डब्लुएचओ

  • सगरमाथा गन्तब्य
  • 22.5K
    SHARES

    एजेन्सी, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् । डब्लुएचओलको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा. माइकल रेनले यस्तो आँकलन गरेको समाचार एजेन्सी एपीले जनाएको छ । उनले गाउँ र शहरमा गरी प्रत्येक १० जनामध्ये एकजना संक्रमित भइसकेको आँकलन गरेका हुन् ।

    डब्लुएचओको आँकलन अनुसार विश्वको हालको ७ अर्ब ६० करोड जनसंख्यामध्ये ७६ करोडलाई कोरोना संक्रमण लाग्न सक्ने डब्लुएचओ जनाएकाे छ । तर, अहिलेसम्म खुलेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५४ लाख संक्रमित पत्ता लागेका छन् । कोरोनाभाइरसको पहिलो संक्रमित चीनको ऊहानमा भेटिएका थिए । १० महिना बितिसकेको छ तर यो महामारी समाप्त हुने छाँटकाँटमा छैन । केही देशमा महामारी फैलनबारे रोक्नका लागि लगाइएको प्रतिबन्ध खुकुलो पारेपछि महामारीको दोस्रो लहर देखिएको छ र केही देशमा संक्रमितको संख्या पहिलेको भन्दा धेरै भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology