(Wednesday 28th of October 2026)
`

तिम्रो अनुपम रुप हेर्दाको छायाङकन सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 33.6K
    SHARES

    नेपालगन्ज १९ असोज- तिम्रो अनुपम रुप हेर्दा बोलको नेपाली म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । चर्चित मोडल सन्जु बाबु, गोपीनी सापकोटा र जिवन राईको मुख्य भुमिका रहेको तिम्रो अनुपम रुप हेर्दा बोलको म्युजिक भिडियो आइतवार छायाङकन सम्पन्न भएको हो । चर्चित गायक पंकज चौधरीको स्वरमा रहेको तिम्रो अनुपम रुप हेर्दा बोलको गितमा म्युजिक देब कुमार चौधरीले दिनुभएको छ भने एरेन्जमा अशोक राईले साथ दिनुभएको छ । गितको डाइरेक्टर जिवन राईकै रहेको छ भने छायाङकन÷ क्यामरामा अमृत सुनारले साथ दिनुभएको छ । हिन्दुहरुको महान पर्व दशैलाई लक्षित गरि बनाइएको गित दशै अगावै सार्वजनिक गर्ने कलाकार सन्जुबाबुले जानकारी गराउनुभयो । चर्चित मोडल सन्जुबाबुले थुप्रै चर्चित चर्चित गितमा मोडलिङग गरिसक्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology