(Wednesday 28th of October 2026)
`

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो !

  • सगरमाथा गन्तब्य
  • 10.9K
    SHARES

    काठमाडौँ, १७ असोज । कोरोना भाइरस (कोभिड १९) का सबैभन्दा बढी दैनिक नयाँ केसहरु थपिँदै आएको भारतमा सो भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ ।

    भारतमा शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ दैनिक संक्रमित हाराहारी नै दैनिक निको हुनेको संख्या रहेको छ । शुक्रबार एक दिनमा ७६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी संक्रमित त मृत्यु हुनेमा संयुक्त राज्य अमेरिका रहेको छ । त्यहाँ हालसम्म ७५ लाख ४९ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसपछि बढी ज्यान गुमाउनेमा ब्राजिल रहेको छ । त्यहाँ हालसम्म कोरोनबाट १ लाख ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित संख्या ४८ लाख ८२ हजारभन्दा बढी पुगेको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology