नेपालगन्ज १४ असोज – चर्चित मोडल तथा नायक मुकुन्द जिसी र चर्चित मोडेल समु चौधरीको मुख्य अभिनय रहेको चोरी चुप्पेसे भन्ने बोलको थारु म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । असोज १५ गते सार्वजनिक हुने चोरी चुप्पेसे बोलको गितमा स्वर चर्चित गायक श्रीनिवास चौधरी र चर्चित गायीका अनु चौधरीले दिनुभएको छ । चोरी चुप्पेसे बोलको म्युजिक भिडियोमा डाइरेक्सन सुधराम दहितको रहेको छ भने छायाङकन तथा इडिटिङग महेश चौधरीले गर्नुभएको छ । एरेन्ज गणेश चौधरीको रहेको छ भने गितको छायाङकन कैलालीको रमणिय ठाउँमा भएको कलाकार मुकुन्द जिसीले जानकारी गराउनुभयो । मुकुन्द जिसी युट्युव च्यानलबाट असोज १५ गते सार्वजनिक हुने गितको पोष्ट प्रोडक्सन म्युजिक हमार अगनाले गरेको छ ।
